Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, १९
बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु

काठमाडौं । बझाङमा छुट्टाछुट्टै जिप दुर्घटनामा एकै घरका तीनसहित पाँच जनाको मृत्यु भएको छ। बझाङको मष्टा र तल्कोट गाउँपालिमा छुट्टाछुट्टै जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा मष्टा गाउँपालिका–१ कोटदेवलमा जिप दुर्घटनामा परेर सुदूरपश्चिम प्रदेश ००१ ज १३९८ नम्बरको जिपका चालक मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापा र तलकोट गाउँपालिकास्थित धमेनामा जिप दुर्घटना परेर एकै घरका ३ जनासहित ४ जनाको भएको छ।

बिहीवार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिए। उनका नुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

जिप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उनका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको हो भने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख भण्डारीले बताएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स