विश्वकै सबैभन्दा वृद्धा ओलम्पिक बिजेताको निधन
जानकारी केन्द्र
२०८१, पुष, १९
काठमाडौं । विश्वकै सबैभन्दा वृद्धा ओलम्पियनको निधन भएको छ ।
ओलम्पिक स्वर्ण पदक विजेता एग्नेस केलेटीको १०४ वर्षको उमेरमा निधन भएको हो ।
हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि केलेतीको बुडापेस्ट सैनिक अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा बिहीबार निधन भएको परिवारले जनाएको छ ।
पाँच पटकको ओलम्पिक च्याम्पियन हंगेरियन जिम्यास्टिक खेलाडी केलेटीले सन् १९५२ मा पहिलो ओलम्पिक स्वर्ण पदक जितेकी थिइन् । त्यसको चार वर्षपछि उनले चार स्वर्ण पदक आफ्नो पोल्टामा पारेकी थिइन् ।
यसैगरी उनले ओलम्पिकमा थप तीन रजत र दुई कांस्य पदक पनि जितेकी थिइन् । केलेटीले विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण, रजत र कांस्य पदक जितेर रेकर्ड बनाएकी थिइन्।
केलेटीको जन्म सन् १९२१ मा हंगेरीको बुढापेस्टमा भएको थियो ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


