पुष्पाः२ अब ओटिटीमा, एक महिना पछि नेटफ्लिक्समा हेर्न सकिने
मुम्बइ। पुष्प २ः द रूल विश्वभरका थिएटरहरूमा ठूलो दौड भइरहेको छ।
गत वर्ष रिलिज भएको अल्लु अर्जुनको यो फिल्मले पनि रेकर्ड तोडेर कमाई गरिसकेको छ, यसको मतलव हो कि पुष्पाः २ लाई सबैले मन पराएका छन् । योसँगै ओटीटीमा रिलिज हुने प्रतिक्षामा रहेका दर्शकहरुका लागि ठूलो खबर आएको छ । ओटिटीमा कहिले र कुन दिन पुष्पा २ः द रूल रिलिज हुने भन्ने सार्वजनिक भएको छ, जसले ओटीटी दर्शकको उत्साह बढाउन सक्छ ।
पुष्पा २ः द रूलले विश्वव्यापी बक्स अफिसमा १८ सय करोड भारतीय रुपैयाँ कमाएको छ, जसबाट अझ थप कमाइ हुने अपेक्षा गरिएको छ । भर्खरै पुष्पा २ः द रूलका निर्माताले फिल्म कम्तिमा ५६ दिन ओटीटीमा रिलिज नहुने पुष्टि गरेका थिए।
यस्तो अवस्थामा जनवरी २५ मा पुष्पा २ः द रूलको पनि ५६ दिन पूरा हुनेछ । यसपछि अल्लु अर्जुन र रश्मिका मन्डन्नाको फिल्म ३० जनवरी २०२५ मा सबै प्रमुख भारतीय भाषाहरूमा नेटफ्लिक्समा रिलिज हुने स्रोतहरूले बताएका छन् ।
यद्यपी निर्माताका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । माइथ्री मुभि मेकर्सको उच्च बजेटको यो फिल्ममा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल, राव रमेश, जगपति बाबु, सुनील र अनसूया भारद्वाजजस्ता कलाकार मुख्य भूमिकामा रहेका छन्।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


