यस्तो रहेको छ आजको विदेशी मुद्राको विनिमय दर,कुन देशको कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । सोमबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५४ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि आइतबार पनि सोहीमूल्यमा यसको कारोबार भएको थियो ।
सोमबार युरोपियन युरोको भाउ १५ पैसाबढेको छ । आज यूरो एकको खरिददर १४१ रुपैयाँ १७ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ७९ पैसा तोकिएको छ । आइतबार युरोको खरिददर १४१ रुपैयाँ ०२ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ६४ पैसा भएको छ । यसैगरी बेलायती पाउन्ड एकको खरिदमूल्य १७० रुपैयाँ १० पैसा र बिक्रीदर १७० रुपैयाँ ८५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ ७८ पैसा र बिक्रीमा ९५ रुपैयाँ २० पैसा रहेको छ । उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ७१ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७४ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७१ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३६ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ २८ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४५ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर सोमबार ३० रूपैयाँ ४३ पैसा र बिक्रीदर ३० रूपैयाँ ५६ पैसा कायम गरेको छ ।
यसैगरी, सोमबारको लागि कुवेती दिनार एकको खरिददर ४४३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४४५ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८३ पैसा निर्धारण भएको छ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


