Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २२
पुष्पाः२ ले तोडयो बलिउडको सबैजसो रेकर्ड, आमिरको रेकर्ड तोडन मात्रै बाँकी

पुस । पुष्पा २ः द रुलले बक्स अफिसमा हलचल मच्चाएको छ ।

अल्लु अर्जुन, रश्मिका मन्डन्ना र फहद फासिलको फिल्मले हिन्दी भाषामा ८०० करोडको आँकडा पार गरेर कीर्तिमान बनाएको छ भने भारतमात्रै १२०० करोड बढी कमाएको छ ।

यसबाहेक फिल्मले १८ सय करोडभन्दा बढीको कमाइ गरेर विश्वभर धुम मच्चाएको छ । जसका कारण आगामी दिनमा पुष्पाः २ ले आमिर खानको दंगलको २ हजार करोडको कीर्तिमान पार गरेमा इतिहासमा आफ्नो नाम दर्ता गराउने छ, जुन फ्यान र फिल्मको टिमका लागि गर्वको विषय हुनेछ ।

बक्स अफिस ट्रयाकर सकनिल्कको प्रारम्भिक तथ्यांक अनुसार पुष्पाः २ ले ५ औं आइतबार अर्थात ३२ औँ दिनमा मात्रै ७ करोडको कमाइ गरेको छ, त्यस पछि भारतमा पुष्पाः २ को अंक १२०६ करोड पुगेको छ । जसमा फिल्मले तेलुगुमा ३३४.७६ करोड, हिन्दीमा ८०६ करोड, तमिलमा ५८.१६ करोड, कन्नडमा ७.७३ करोड र मलयालममा १४.१५ करोड कमाएको छ । जहाँ विश्वव्यापी संख्या १८२५ करोडमा बढ्दै गएको देखिन्छ ।

उल्लेखनीय छ कि पुष्पाः २ ले जवान, पठान, एनिमल, बाहुबली, बाहुबलीः २, केजीएफ, केजीएफः२ जस्ता चलचित्रलाई पछि पार्दै हिन्दी बक्स अफिसमा नम्बर वनको उपाधि जितेको छ । यस्तो गर्ने यो पहिलो भारतीय फिल्म हो ।

विश्वव्यापी कमाईको मामिलामा अल्लु अर्जुनको फिल्म आमिर खानको दंगलको रेकर्ड तोड्न २०० करोडले मात्रै पछाडी रहेको छ । दिनहरु बित्दै गएको बेला पुष्पाः २ ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुन तयार देखिन्छ। फिल्म फेब्रुअरीसम्म ओटीटीमा रिलिज हुने पनि निर्माताले बताएका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स