इरानले एकै बर्षमा दियो ९०० लाइ फाँसी
न्युयोर्क । संयुक्त राष्ट्र मानव अधिकार परिषद्ले इरानको कडा आलोचना गरेको छ । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले ७ जनवरी २०२५मा एक प्रतिबेदन सार्बजनिक गर्दै इरानमा गत वर्ष मात्रै ९०० भन्दा बढी मानिसलाई फाँसी दिइएको बताएका छन । गत डिसम्बरको एक साताभित्रै सजायको नाममा ४० जनालाइ फाँसी दिइएको उनले बताए ।
भोल्कर टर्कले भने, ‘हामीले इरानमा मृत्युदण्डको सजाय दिनेको संख्यामा वर्षैपिच्छे वृद्धि भएको देख्नु अत्यन्तै चिन्ताजनक छ। इरानले मृत्युदण्डको बढ्दो प्रचलनलाई रोक्ने समय आएको छ।’
इरानमा हत्या, लागुऔषध ओसारपसार, बलात्कार र यौन दुव्र्यवहारजस्ता ठूला अपराधका लागि मृत्युदण्ड दिइदै आएको छ। एम्नेस्टी इन्टरनेशनल लगायतका मानव अधिकार समूहका अनुसार इस्लामिक गणतन्त्रले चीनबाहेक अन्य कुनै पनि देशको तुलनामा प्रतिवर्ष धेरै मानिसलाई मृत्युदण्ड दिने गरेको छ, जसको लागि कुनै भरपर्दो डाटा उपलब्ध छैन।
इरानमा फाँसी दिने घटना बढ्दै गएपछि मानवअधिकारकर्मीहरू चिन्तित भएका छन्। उनीहरू विश्वास गर्छन् कि इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीका अधिकारीहरूले मृत्युदण्डलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन्। जस्तो कि, २०२२–२०२३ को राष्ट्रव्यापी विरोध प्रदर्शनपछि अधिकारीहरूले विपक्षी र आलोचकहरूलाई मृत्युदण्डको सजाय दिएको आरोप छ।
संयुक्त राष्ट्र मानवअधिकार कार्यालयले गत वर्ष अधिकांश मृत्युदण्ड लागुऔषधसँग सम्बन्धित अपराधका लागि भएको बताएको छ । तर, सो क्रममा आलोचक र २०२२ को प्रदर्शनसँग सम्बन्धित व्यक्तिहरू पनि मारिएका छन ।
सम्बन्धित समाचार
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
पहिरोले १४ मेगावटको घारखोला पावर हाउसमा क्षति
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

