सिड्नीमा शंकास्पद अवस्थामा नेपाली महिला दिक्षा दाहालको मृत्यु
काठमाडौं । ३९ वर्षीया नेपाली महिला दिक्ष्या दाहालको अष्ट्रेलियाको सिड्नीमा शंकास्पद रुपमा मृत्यु भएको छ । परामट्टाको एउटा अपार्टमेन्टको सातौं तलाबाट खसेर ६ दिनअघि उनको मृत्यु भएको बताइएको छ ।
डेली मेलका अनुसार, उनको मृत्यु हुनुभन्दा दुई घण्टा अगाडि अपार्टमेन्टबाट अष्ट्रेलियाको आपतकालीन नम्बर ००० मा फोन गरिएको थियो । फोन कलका क्रममा ठूलो आवाज र बहस सुन्न सकिन्थ्यो । तर, कलमा कुनै कुरा नभएपछि आपतकालीन सेवाले पुनस् सम्पर्क गर्न खोज्दा जवाफ प्राप्त भएन, अनुसन्धानकर्ता ब्यारि भिन्सेन्टले बताएका छन् ।
परामट्टा प्रहरीले दाहालका पति ४० वर्षीय रवीन्द्र सुवेदीलाई सम्पर्क गर्दा उनीहरूलाई घटना बारे पहिले नै जानकारी भइसकेको थियो । सुवेदीलाई प्रारम्भिक अनुसन्धानको क्रममा सोधपुछका लागि नियन्त्रणमा लिइएको थियो तर तत्काल प्रमाणको अभावमा उनलाई रिहा गरिएको थियो । दाहाल अष्ट्रेलियामा नर्सका रूपमा कार्यरत थिइन् ।
दम्पतीको केही वर्षअघि विवाह भएको भएपनि उनीहरूको सम्बन्ध तनावपूर्ण थियो । विगतमा विवाद पनि भएको ७ न्यूजले जनाएको छ । हालसालै उनीहरू अलग बसेका थिए । प्रहरीले अहिले घटनाको अनुसन्धानका लागि सीसीटीभी फुटेज र अन्य प्राविधिक प्रमाण जाँच गरिरहेको जनाएको छ ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?


