‘तेस भिसा’ प्रदशर्नले मनायो प्रर्शनको ५१औं दिन
काठमाडौं । सिनेमा ‘तेस भिसा’ले प्रदशर्नको ५१औं दिन मनाएको छ। मंसिर ७ गतेबाट प्रदर्शनमा आएको सिनेमाले आज प्रदर्शनको ५१औं दिन मनाएको हो। १२ वटा सिनेमा हलमा ‘तेल भिसा’ले ५१औं दिन मनाएको वितरक करण श्रेष्ठले जानकारी दिए। सिनेमाले प्रदर्शनको ५१औं दिन मनाउँदै गर्दा सिनेमाकी प्रस्तुतकर्ता ऋचा घिमिरे र निर्देशक शंकर घिमिरेले विभिन्न बाधा अड्चन छिचोल्दै यहाँसम्म पुग्दै गर्दा साथ दिने सम्पुर्ण दर्शक तथा शुभचिन्तकप्रति आभार प्रकट गर्दै खुशी व्यक्त गरेका छन्।
दर्शक तथा समीक्षकबाट समेत राम्रो प्रतिक्रिया पाएको सिनेमा ‘तेल भिसा’ले क्यूएफएक्स, एफक्यूब, रञ्जना सिनेप्लेक्स, बीएसआर मुभिज, वान सिनेमाज, डीम्याक्स सिनेमाज, फ्रेन्डस सिनेमाज, सिने रोयललगायत मल्टिप्लेक्समा ५१औं दिन मनाएको हो।
दक्षिण भारतीय सिनेमा पुष्पा २ का कारण न्युन शोमा खुम्चिएको सिनेमाले दर्शकको साथ पाएपछि पाचौँ हप्तामा पनि ‘तेल भिसा’को शो थपिएको थियो। ‘तेल भिसा’को निर्देशक शंकर घिमिरे हुन् भने प्रस्तुतकर्ता ऋचा घिमिरे हुन्।
सिनेमामा अभिनेता विपिन कार्की बाबु र छोराको गरी दोहोरो भूमिकामा छन्। निर्देशक घिमिरेको नै लेखन रहेको सिनेमामा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारको अभिनय रहेको छ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ।
प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


