Jankari Kendra
१ भाद्र २०८३, सोमबार
Worldlink

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, पुष, २८
आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

रूपन्देही । आफ्नै श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका(८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विषयमा झै-झगडाको क्रममा रूद्र बहादुरले धारिलो हतियार चक्कु प्रहार गर्दा कमला गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खैरेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएकी कमलाको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स