बैंकहरुले सार्वजनिक गरे माघ महिनाको ब्याजदर
काठमाडौँ । माघ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक ब्याजदरमा अधिकांशले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका हुन् ।
माघ महिनाका लागि एक बैंकले ब्याजदर बढाउँदा दुई बैंकले घटाएका छन् । माघ १ गतेदेखि लागु हुने उक्त ब्याजदरमा १७ वाणिज्य बैकहरुले पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । नेपालमा हाल २० वटा वाणिज्य बैंकहरु सञ्चालनमा छन् ।
कुन बैंकको ब्याजदर कति ?
कृषि विकास बैंकले माघ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । पुस महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ ५.५७ प्रतिशत तोकेको यस बैंकले माघ महिनाका लागि ५.५१ प्रतिशत ब्याजदर तोकेको छ । संस्थागततर्फ भने पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ ।
यसैगरी, नेपाल एसबीआई बैंकले पनि माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले माघका लागि व्यक्तिगत तर्फ ५.५ प्रतिशत तोकेको छ । पुसमा यस बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत तोकेको थियो । संस्थागततर्फ पुस महिनामा ५ प्रतिशत तोकेको बैंकले माघ महिनाका लागि ४.५ प्रतिशत ब्याजदर तोकेको छ ।
लक्ष्मी सनराइज बैंकले भने माघका महिनाका लागि व्यक्तिगततर्फ ब्याजदर बढाएको छ । पुसमा ५.५ प्रतिशत रहेको ब्याजदर माघमा बढाएर ५.७५ प्रतिशत पुर्याएको छ । संस्थागततर्फ भने पुस महिनाकै व्याजदरलाई निरन्तरता दिएको छ । पुस महिनामा यस बैंकको संस्थागततर्फको ब्याजदर ४.५ प्रतिशत थियो ।
अत्य १७ वटा वाणिज्य बैंकहरुले भने पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । जसमा, ग्लोबल आईएमई बैंकले व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
नबिल बैंकले पनि पुस महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । यस बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ ५.७५ र संस्थागततर्फ ४.२५ प्रतिशत ब्याजदर तोकेको छ । एनआईसी एशिया बैंक व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको छ ।
एभरेष्ट बैंकले माघ महिनाका लागि व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । सिटिजन्स बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ ५.६५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत तोकेको छ । संस्थागततर्फ पुस महिनामा ४ प्रतिशत रहेको ब्याजदर माघमा बढाइरु ४.५ प्रतिशत पुर्याएको हो । हिमालयन बैंकले ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर तोकेको छ ।
माछापुच्छ्रे बैंकले माघका लागि व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको छ । नेपाल बैंकले माघका लागि व्यक्तिगततर्फ ५.६ प्रतिशत तोकेको छ भने संस्थगततर्फ ४.१५ प्रतिशत तोकेको छ । यस बैंकले संस्थातगतर्फ पुसमा ४.७ प्रतिशत ब्याजदर तोकेको थियो ।
राष्ट्रिय वाणिज्य बैंकले माघका लागि व्यक्तिगततर्फ ६ र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर तोकेको छ । प्राइम कमर्सियल बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
कुमारी बैंकले व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर तोकेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ ब्याजदर निर्धारण गरेको छ । यसैगरी, प्रभु बैंकले माघका लागि व्यक्तिगततर्फ ६.१ र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर तोकेको छ ।
एनएमबि बैंकले माघका लागि व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागततर्फ ५.६ प्रतिशत ब्याजदर तोकेको छ । सिद्धार्थ बैंकले माघका लागि पुसकै ब्याजदरलाई निरन्तता दिँदै व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको छ । सानिमा बैंकले व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ४.३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


