भुलभुलैया-३ को सफलताले माधुरीले किनिन कराेडाैंकाे फरारी
मुम्बइ । फिल्म स्टारहरूको एउटा कुरा हुन्छ, जो उनीहरू आफ्नो भव्यतामा कुनै कसर बाँकी राख्दैनन्। लुकमा मात्रै लाखौं र करोडौं खर्च मात्रै गर्दैनन्, कारको पनि उत्तिकै शौखिन मानिन्छन । धेरै स्टारहरूको ग्यारेजमा एकभन्दा बढी लक्जरी कार पार्क गरिएको भेटिन्छ।
यसै सन्दर्भमा, हालै माधुरी दीक्षितले पनि आफ्नो ग्यारेजमा नयाँ चम्किलो गाडी थपेकी छिन् ।
अन्य स्टारहरू जस्तै माधुरी दीक्षित पनि कारको शौखिन छिन् र उनीसँग अहिले पनि धेरै महँगो कारहरूको संग्रह रहेको छ। न्युज १८ का अनुसार अभिनेत्रीसँग मर्सिडिज मेब्याक एस ५६०, रेन्ज रोभर भोग र पोर्श ९११ टर्बो जस्ता करोडौं मूल्यका कारहरू रहेका छन् । अब यसबिचमा उनले आफ्नो कार संग्रहमा फेरारीलाई पनि समावेश गरेकी छिन्।
भर्खरै, माधुरी दीक्षितले आफ्नो पति श्रीराम नेनेसँग रातो फेरारी २९६ मा देखा परेकी थिइन । सोमवार झ माधुरी आफ्नो पतिसँग चम्किरहेको फेरारीमा सवार देखिएकी थिइन् । सामाजिक सञ्जालमा माधुरी र उनका पतिको एक भिडियो पनि सार्वजनिक भएको छ ।
क्लिपमा माधुरी दीक्षित नीलो रंगको सिक्विन लामो ड्रेसमा देखिएकी छिन् । स्टनिङ लुकमा उनी निकै सुन्दर देखिएकी थिइन्। जहाँ उनका श्रीमान् श्रीराम नेने कालो कोट–प्यान्ट र सेतो शर्टमा देखिएका थिए । दुवैजना एउटा भवनबाट निस्किए र त्यहाँबाट आफ्नो नयाँ कारमा गएर बसेका थिए ।
पापाराज्जीले क्याप्सनमा लेखेका छन्, ‘माधुरी दीक्षितलाई आफ्नो नयाँ कारमा पति श्रीरामसँग घर लैजाँदै गरेको देखियो।’
कारवालाका अनुसार माधुरी दीक्षितको लक्जरी कार फेरारी २९६ जीटीएसको मूल्य ६.२४ करोड भारतीय रुपैयाँ पर्छ । यो कार भारतमा २०२३ मा मात्रै लन्च गरिएको थियो । माधुरी बाहेक सञ्जय दत्त, राम कपुर र भुषणकुमार जस्ता स्टारहरु पनि फेरारीको मालिक छन् ।
माधुरी दीक्षितको वर्कफ्रन्टको कुरा गर्दा उनी पछिल्लो पटक हिट फिल्म ‘भुल भुलैया ३’ मा देखिएकी थिइन् । फिल्ममा उनले अन्जुलिकाको भूमिका निभाएकी थिइन् ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


