Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

नागरिकता प्रमाण बनाउन वडा कार्यलयमा नागरिकताको सिफारिस बनाउने प्रकृया

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, ८

नागरिकताको प्रमाण पत्र लिनु अघि आमा/बुबाको नागरिकता भएको सम्बन्धित जिल्लाको सम्बधित वडा/गाविस कार्यलयमा संपर्क गरेर नागरिकताको सिफारिस बनाउनु पर्छ ।

सिफारिस बनाउन चाहिने  कागजात हरू

१) पिताको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकताको प्रमाणपत्रको

२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि|

३) विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि|

४) चारीत्रीक प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा |

५) बिवाहदर्ताको प्रमाणपत्रको प्रतिलिपि (बिवाहीताको हकमा )

६) बसाईसरि आएको भए बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि |

७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति |

८) चालु आर्थिक वर्ष सम्मको मालपोत , घर जग्गा , कर ,र घर बहाल कर तिरेको कागजातहरु |

९) कर्मचारी परीवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र |

सिफारिस बनाउने प्रकृया

१) माथि उल्लेखित कागजातहरु लिएर सम्बन्धित वडा कार्यालय वा गाविस कार्यालय गएर सिफारिसको लागि निबेदन दिने। आवश्यक कागजातहरु पुगेको खन्डमा सम्बन्धित वडा कार्यालय वा गाबिस कार्यालयले तत्काल सिफारिस दिने प्रावधान छ।

२) वडा वा गाविस बाट सिफारिस लिएर आफ्नो जिल्ला जिल्ला प्रशासन कार्यालय जानु पर्छ | त्यहाँ बाट नागरिकता पाईन्छ |

लाग्ने शुल्क रु ६०/- (वडामा कार्यलयमा बुझाउनु पर्ने )

समय   कागजात पुगेको सोहि दिन

 

naima expoTop Changing Nepal

युट्युब सट्स