केराबारीमा जङ्गली हात्तीले लियो तीन जनाको ज्यान, स्थानीय त्रसित
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएको छ । बिहीबार राति घरमा हात्ती आएर उपद्रो मच्चाएपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परेर एक वृद्धको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नगरको उत्तरतर्फको सामुदायिक वनमा रहेका जङ्गली हात्तीले बारम्बार स्थानीयलाई त्रासमा राखेको छ । नगर प्रमुख केदारप्रसाद गुरागाईँले जङ्गली हात्तीबाट सुरक्षित रहन आग्रह गर्दै जङ्गल क्षेत्र र हात्ती प्रभावित स्थानमा पोलबत्ती जडानको काम भइरहेको जानकारी दिए ।
विगत केही हप्तामा जङ्गली हात्तीको आक्रमणबाट सोही क्षेत्रका अन्य दुई व्यक्तिको पनि मृत्यु भएको छ । हात्तीले दाउरा काट्न गएका बेला र बस्तीमा प्रवेश गरेर मानवीय क्षति पुर्याएको वडाध्यक्ष खेम न्यौपानेले बताए ।
कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा जङ्गली हात्तीले मानिसमाथि आक्रमण गर्ने, अन्नबाली नष्ट गर्ने र घर भत्काउने घटना बारम्बार भइरहेका छन् । मोरङ डिभिजन वन कार्यालयका अनुसार हालैका दिनमा मोरङको बेलबारी, सुन्दरहरैँचा र केराबारीमा हात्तीको उपद्रो तीव्र बनेको छ ।
जङ्गली हात्तीका कारण एक महिनाभित्र सुन्दरहरैँचामा तीन जनाको मृत्यु भइसकेको छ । यसअघि मोरङमा एक वर्षमा दुई जङ्गली हात्ती मृत फेला परेका थिए, जसमा एक हात्तीलाई गोली हानेर मारिएको थियो । हात्तीको त्रासका कारण स्थानीयवासीले रातभर जाग्राम बस्नुपरेको वडाध्यक्ष न्यौपाने बताउँछन् ।
सम्बन्धित समाचार
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


