अमेरिकामा टिकटक बन्द
काठमाडौँ । टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको छ । अमेरिकी सरकारले जनवरी १९ देखि प्रतिबन्ध लगाउनु केहि घण्टा अघि नै टिकटकले अमेरिकामा आफ्नो सेवा बन्द गरेको जानकारी दिएको हो ।
अमेरिकाले टिकटकमा चिनियाँ लगानी रहेको र अमेरिकी प्रयोगकर्ताको सुचनामा चीनले पहुँच बनाएको भन्दै टिकटकलाई अमेरिकी लगानी कर्तालाई बेच्न वा प्रतिबन्ध लगाउन कानुन बनाएको थियो । यो कानुन गत बर्षनै अमेरिकी संसदले पारित गरेको थियो । यसका लागि अमेरिकाले टिकटकलाई जनवरी १९, २०२५ सम्मको समय दिएको थियो ।
अहिलेसम्म टिकटकले आफ्नो अमेरिकाको स्वामित्व अमेरिकी लगानीकर्तालाई दिने विषयमा कुनै कदम नचालेपछि कानुन अनुसार टिकटक प्रतिबन्धमा पर्ने भएको थियो ।
यसैबीच अमेरिकामा नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ लिन लागेकाले उनको शपथपछि यो विषयको समाधान हुने विश्वास व्यक्त गरिएको छ । यद्यपी ट्रम्पले टिकटकलाई केहि दिन थप समय दिनसक्ने अमेरिकी मिडियाहरुले उल्लेख गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेनले भने यस विषयमा अब नयाँ राष्ट्रपतिले नै निर्णय लिने भन्दै टिकटकको विषयमा कुनै ठोस निर्णय नलिएर विदा हुने भएका छन् ।
अमेरिकामा टिकटकका सबैभन्दा बढी १७० मिलियन भन्दा बढी प्रयोगकर्ता रहेका छन् ।
सम्बन्धित समाचार
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
चीनमा टाइफुन डल्फिन आँधीका कारण १० लाख मान्छे बिस्थापित
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
कडा प्रतिबन्धका बिचमा २२ अर्ब डलर कमाउन उत्तर कोरिया सफल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


