प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि एपीएफलाई
काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप टी-२० महिला क्रिकेटको उपाधि सशस्त्र प्रहरी बल नेपाल ९एपीएफ० ले जितेको छ । आज भएको उपाधि भिडन्तमा सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो ।
सुदूरपश्चिमले दिएको ६८ रनको सामान्य लक्ष्य एपीएफले ४३ बल बाँकी रहँदै एक विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि ममता चौधरीले ४३ रनको विष्फोटक ब्याटिङ गरिन् । ४३ बलको सामना गरेकी ममताले ५ चौका हिर्काईन् । नटआउट रहेकी ममतालाई २० बलमा २ चौकासहित १८ रन जोडेर इन्दू वर्मालेसाथ दिईन् ।
त्यसअघि फाप्ला मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिम १८ ओभरमा ६७ रनमा अलआउट भएको थियो । सुदूरका लागि मनिषा बोहराले १८, विन्दू रावलले १७ र रेवती धामीले सात रन जोड्नुबाहेक अरुले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
बलिङमा एपीएफकी कविता जोशीले तीन तथा सवनम राई र इन्दू वर्माले समान दुई विकेट लिए । करुणा भण्डारीको नाममा एक विकेट रह्यो । एपीएफ प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको हो । एपीएफले महिला पीएम कप सातौंपटक जितेको हो । इन्दु बर्माको कप्तानीमा एपीएफले पहिलोपटक उपाधि जितेको हो ।यसअघि एपीएफले सन् २०१६ देखि सन् २०१९ सम्म लगातार तथा त्यसपछि २०२१ र २०२३र२४ मा उपाधि जितेको थियो ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


