लोडसेडिङ बढ्ने सम्भावना
जानकारी केन्द्र
२०७३, जेष्ठ, ११
स्याङ्जाको मिर्मीस्थित कालीगण्डकी ए जल विद्युत आयोजनामा समस्या देखिएपछि एक हप्ता विद्युत उत्पादन बन्द भएको छ । आयोजनाको टनेलबाट पेनस्टक हुँदै टर्बाइनसम्म पानी पठाउने पाइपको गेटमा समस्या देखिएपछि आजदेखि उत्पादन बन्द गरी मर्मत सुरु गरेको आयोजना प्रमुख श्रीरामराज पाण्डेले जानकारी दिए ।
आयोजनाको पहिलो युनिट मर्मत गर्न एक साता उत्पादन बन्द गरिने पाण्डेले जानकारी दिए । उनले मंगलबार बिहान ७ बजेदेखि आयोजनाको उत्पादन पूर्णरुपमा बन्द भएको जानकारी दिए । आयोजनाबाट बिहानसम्म करिब ९० मेगावाट विद्युत उत्पादन भएको उनले जानकारी दिए ।
एउटा युनिट मर्मत गर्न अरु पनि बन्द गर्नुपर्ने उनले बताए। १३–१४ वर्षदेखि चल्दै आएको उक्त भल्व पहिलो पटक मर्मत गर्न थालिएको उनको भनाई थियो। एक सय ४४ मेगावाट क्षमताको ‘कालीगण्डकी ए’ जलविद्युत आयोजनाका तीनवटा युनिटबाट ४८ मेगावाटका दरले उत्पादन हुन्छ।
आयोजनाबाट पूर्णरुपमा विद्युत उत्पादन बन्द हुँदा लोडसेडिङ बढ्न सक्ने सम्भावना रहेको विद्युत प्राधिकरणले बताएको छ। लोडसेडिङको समय एक घन्टा तलमाथि हुन प्राधिकरणका कर्मचारीको भनाई छ ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
कस्तो छ आजको मौसम पूर्वानुमान ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


