लामो किसिङ सिन भएपछि सेन्सर बोर्डको कैची, ‘देवा’काे घटयाे रन टाइम
मुम्बइ । बलिउड अभिनेता शाहिद कपूर आफ्नो आगामी फिल्म ‘देवा’ मार्फत नयाँ अवतारमा सिल्वर स्क्रिनमा रमाउन तयार छन् ।
फिल्मको ट्रेलर रिलिजमा शाहिदको दमदार लुक देखेर फ्यानलाई कबिर सिंहको याद दिलाइसकेको छ । रिलिज मिति नजिकिदै गर्दा देवाले अब सेन्सर बोर्डबाट यु÷ए प्रमाणपत्र पाएको छ। तर, सेन्सर बोर्डले फिल्मको एउटा दृश्यमा कैंची प्रयोग गरेको छ ।
कुन दृश्यमा सेन्सर बोर्डको कैंची ?
फिल्म यही जनवरी ३१ मा रिलिज हुदैँछ । चलचित्रले यु÷ए प्रमाणपत्र प्राप्त गरेको छ, जसको अर्थ सबै उमेरका मानिसहरूले हेर्न सक्ने छन्। तर, सेन्सर बोर्डले केही दृश्यमा आपत्ति जनाएको थियो, त्यसपछि त्यसमा केही आवश्यक परिवर्तन गरिने भएको छ । समाचार अनुसार निर्देशक रोशन एन्ड्रयूजलाई शाहिद कपुर र पूजा हेगडे बीचको लामो चुम्बन दृश्य छोटयाउन भनिएको छ। बोर्डले यसलाई ६ सेकेण्डमा घटाउन सुझाव दिएको जनाइएको छ ।
यस दृश्यका अलावा कलाकारहरूले गरेका गलत र अश्लील इशाराहरू हटाउन पनि निर्माताहरूसँग भनिएको छ। केहि दृश्यहरूमा दुर्व्यवहार पनि प्रयोग गरिएको थियो, जुन अब परिवर्तन हुनेछ। यससँगै सीबीएफसीले फिल्ममा मुम्बईको फोर्ट क्षेत्रको नाम ‘हुतात्मा चोक’ राख्नुको कारण पनि निर्मातासँग सोधेको छ ।
दृश्यमा परिवर्तन गर्ने वा हटाउने अधिकार निर्मातालाई दिइएको छ । दृश्यमा परिवर्तन र केही दृश्य मेटिए पछि अहिले चलचित्रको रनटाइम २ घण्टा ३६ मिनेट ५९ सेकेण्ड भएको छ ।
‘देवा’ मा शाहिद एक क्रोधी युवा प्रहरीको भूमिकामा देखिने भएका छन् । फिल्ममा उनी बाहेक पूजा हेगडे, कुब्रा सैत र पावेल गुलाटीको पनि मुख्य भूमिका छ । देवा लोकप्रिय मलयालम फिल्म निर्माता रोशन एन्ड्रयूजद्वारा निर्देशित तथा जी स्टुडियो र रोय कपुर फिल्म्सद्वारा निर्मित हो ।
यसअघि पनि फिल्मको रिलिज मिति दुई पटक सारिएको थियो । यो फिल्म सुरुमा ११ अक्टोबर २०२४ मा रिलिज हुने तय गरिएको थियो तर पछि १४ फेब्रुअरी २०२५ मा सारिएको थियो। अब यो तयारी गरी जनवरी ३१ मा रिलिज हुँदैछ।
सम्बन्धित समाचार
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
दिपमाला ढकालले पहिरिइन मिस नेपाल २०२६ को ताज
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो


