शुभांशु शुक्ला अन्तरिक्षमा जाने दोस्रो भारतीय हुदैँ
नयाँदिल्ली । भारतीय वायुसेनाका अधिकृत शुभांशु शुक्ला नासाको एक्सियोम ४ मिसनका लागि पाइलटका रूपमा छनोट भएका छन् । उनी चाँडै नै स्पेस एक्स ड्र्यागन अन्तरिक्ष यानसँग अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन जादैँछन्। र, यसका साथै शुभांशु अन्तरिक्षमा प्रवेश गर्ने दोस्रो भारतीय हुनेछन्।
उनीभन्दा अगाडि विङ कमाण्डर राकेश शर्मा सन् १९८४ अप्रिलमा अन्तरिक्ष पुगेका थिए । शुभांशु शुक्ला भारतीय वायुसेना अधिकारी हुन्। उनको मिसन १४ दिनसम्म रहनेछ । यस मिशनको उद्देश्य अनुसन्धान गर्नु हो। पेग्गी ह्वाइटसन यस मिसनको कमान्ड हुनेछन्।
शुभांशु शुक्ला एक्सियम मिसन ४ को पाइलट हुनेछन् । शुभांशु शुक्ला इसरोको मिसन गगनयानका लागि तालिम लिइरहेका छन् । एक्जिमले भने, ‘नेशनल एरोनटिक्स र स्पेस एडमिनिस्ट्रेशन (नासा) फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट एक्स–४ मा सन् २०२५ भन्दा पहिले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा जानेछन।’
शुभांशु शुक्लाले पनि भने, ‘म यो मिसनबाट निकै उत्साहित छु । आशा छ, मैले पाएको तालिमले यो मिसनलाई राम्ररी पूरा गर्न सक्छु।’
भारतीय वायुसेनामा सेवारत समूह क्याप्टेन शुभांशु शुक्लालाई पनि इशोरोले भारतको गगनयान मिशनको लागि अन्तरिक्ष यात्रीको रूपमा चयन गरिसकेको छ। इशोरोले ले नै उनलाई एक्स–४ मिशनको लागि नासा पठाएको हो। समूह क्याप्टेन शुभांशु शुक्लाले एनडीटीभीलाई बताए कि उनी माइक्रोग्रेभिटीमा गएर अन्तरिक्ष उडानको अनुभव गर्न निकै उत्साहित छन । मिसनको गति हरेक महिना बढ्दै छ। उनीहरूलाई लाग्छ कि यो फेज हो, जहाँ सबै कुरा मिलिरहेको छ।
सम्बन्धित समाचार
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
आकर्षक डिजाइन र स्मार्ट सुविधासहित रेड्मी वाच–६ सिरिज नेपालमा सार्वजनिक
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
बाल सुरक्षा विवादमा मेटालाई ५६७ मिलियन डलरको जरिवाना
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट

