Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

बल्खु तरकारी बजारनजिकै टहराभित्र एक व्यक्तिको हत्या

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, ७
बल्खु तरकारी बजारनजिकै टहराभित्र एक व्यक्तिको हत्या

काठमाडौं  । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित तरकारी बजारभित्र भरियाको काम गर्ने एक व्यक्तिको हत्या भएको छ।

मकवानपुर घर भई बल्खु तरकारी बजारनजिकै टिनको टहरामा बस्दै आएका ४१ वर्षीय रामकृष्ण दाहालको हत्या गरेको अवस्थामा शव फेला परेको हो।

टहराभित्र मृत अवस्थामा बुधबार बिहान साढे १० बजे दाहालको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराले बताए। ‘खबर पाएपछि प्रहरी टोली खटिएर लाश जाँच मुचुल्का कार्य भइरहेको छ,’ बोहराले भने।

दाहालको शरीरमा चोटपटक देखिएकोले उनको हत्या भएको आशंकामा अनुसन्धान थालिएको बोहराले बताए।

 

naima expoTop Changing Nepal

युट्युब सट्स