अमिर खानको एक फिल्म, जो स्विटजरल्याण्डमा ८ महिनासम्म हाउसफूल चल्यो
मुम्बइ । आमिर खान उत्कृष्ट फिल्मका लागि बलिउडसहित विश्वभरी नै परिचित छन् । केही समययता अभिनयको दुनियाँमा सक्रिय नभए पनि उनी चलचित्र निर्माण गर्ने भएकाले निर्माताका रुपमा भने सक्रिय नै रहेका छन् ।
केही समयअघि उनले निर्माण गरेको फिल्म ‘लाप्ता लेडीज’ ओस्कारका लागि पठाइएको थियो तर फिल्मले अवार्ड पाउन नसकेर दौडबाट बाहिरिएको थियो ।
आमिरको ‘लगान’ पनि ओस्कारका लागि पठाइयो तर यो फिल्म पनि अवार्ड जित्नबाट चुकेको थियो । योसँगै दुइ दुइ फिल्म ओस्कारका लागि सिफारिस भइसकेको छ । एेतिहासिक चलचित्र ‘लगान’ को बारेमा धेरै कथाहरु मिडियामा घुमिरहन्छन् तर हालै एक कुराकानीको क्रममा आमिर खानले स्विट्जरल्याण्डमा यस फिल्मसँग सम्बन्धित एउटा घटना सुनाएका छन् ।
आमिर खान हालै एबीपी नेटवर्कको एक कार्यक्रममा सहभागी भएका थिए । यस कार्यक्रममा उनले स्विट्जरल्याण्डको करसँग सम्बन्धित एउटा किस्सा सुनाएका थिए । खासमा अमिरको ‘लगान’ करिब ६.८ महिनादेखि युरोपको एक थिएटरमा ननस्टप प्रदर्शन भइरहेको र त्यो पनि शोहरू हाउसफुल भइरहेको दृश्यका बारेमा बताएका छन ।
उनका अनुसार जब उनी थिएटर पुगे, भीडले उनलाई निकैवेर घेरिरहयो र सिनेमा हल भित्रको दृश्य हेर्न लायक थियो। आमिर खानले अगाडी भने, ‘म स्विजरल्याण्डमा थिएँ र यो फिल्म त्यहाँ ६ महिनादेखि चलिरहेको रहेछ, म त्यही क्षेत्रमा सुटिङ गरिरहेको थिएँ र वितरकले मलाई थिएटरमा आएर उपस्थित भइदिन अनुरोध गरे किनभने त्यहाँ सो फिल्म ६–८ महिना देखी निरन्तर चलिरहेको थियो । जब म थिएटर गएँ र शो हाउसफुल थियो। बाहिर जति दर्शक थिए, त्यति नै भित्र थिए ।’
त्यहाँ मैले उनीहरूलाई भेटेंका थिए । स्क्रिनिङ सुरु भयो र त्यसपछि म प्रोजेक्शन कोठामा गएँ। त्यसपछि प्रक्षेपणकर्ताले मलाई भने, ‘म यहाँ काम गर्न लागेको र आएको २५ वर्षमा धेरै स्थानीय स्टारहरू देखेको छु। म यहाँ आएको नै ३० वर्ष भयो । धेरै अमेरिकी र युरोपेली फिल्महरू यहाँ देखाइएका छन्, तर मैले आजसम्म यस्तो प्रतिक्रिया देखेको छैन।’
आमिर खानले भने, ‘किनभने मलाई कुरेर बसिरहेकाहरूको बाहिर धेरै भीड लागेको थियो । त्यो प्रोजेक्शनिस्टले थप भने, ‘जब मैले यो फिल्म यहाँ देखाउन थाले, पहिलो पटक त मलाई केहि गडबड भएको महसुस भयो किनकि हलभित्रबाट दर्शकको आवाज आइरहेको थियो। त्यसैले मानिसहरूले यति धेरै चिच्याएको मैले कहिल्यै सुनेको छैन, हाँस्ने र ताली बजाउने र यो सबै युरोपेली दर्शकहरू थिए।’
अमिरलाइ उनले अगाडी यो पनि भने कि , ‘मेरो करियरको यो पहिलो फिल्म हो, जसमा पर्दामा जति कोलाहल छ, त्यति नै दर्शकले चिच्याइरहेका छन् । उनले यस्तो प्रतिक्रिया यसअघि कहिल्यै नदेखेको बताएको उनले सुनाए ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

