च्याम्पियन्स ट्रफीमा आज इङल्याण्ड र अफगानिस्तान भिड्दै
काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज इङल्याण्ड र अफगानिस्तानबीच खेल हुदै छ । समुह बी अन्तर्गतको यो खेल पाकिस्तानको लाहोरस्थित गद्धाफी स्टेडियममा नेपाली समय अनुसार अपराहन्न २: ४५ बजेदेखि शुरु हुदै छ ।
जारी प्रतियोगितामा इङल्याण्ड र अफगानिस्तानले आ-आफ्नो पहिलो खेलमा हार बेहोरेकोले यो खेल दुवै देशका लागि महत्वपूर्ण रहेको छ । यो खेलमा हार बेहोर्ने देश सेमिफाइनलको दौडबाट बाहिरिने भएकाले दुवैका लागि जित्नै पर्ने अवस्था रहेको छ ।
यसअघि इङल्याण्ड अस्ट्रेलियासँग र अफगानिस्तान दक्षिण अफ्रिकासँग पराजित भएका थिए ।
समुह बी मा दक्षिण अफ्रिका २ खेलमा ३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने अस्ट्रेलिया २ खेलमा ३ अंकसहित रनरेटको आधारमा दोस्रो स्थानमा रहेको छ ।
इङल्याण्ड र अफगानिस्तानबीचको हेड टू हेडको कुरा गर्दा दुवैबीच अहिलेसम्म केवल ३ एकदिवसीय खेल भएका छन् । जसमा इङल्याण्डले २ खेल जितेको छ भने अफगानिस्तानले एक खेल जितेको छ ।
जारी आइसीसी च्याम्पियन्स ट्रफीमा समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनलमा पुगिसकेका छन् भने पाकिस्तान र बंगलादेश सेमिफाइनलको दौडबाट बाहिरिएका छन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


