पठन-पाठन अवरुद्ध गरी कक्षा कोठामा धार्मिक प्रवचन, विधार्थीद्वारा विरोध
रौतहट । सारक्षरतामा देशकै पुछारमा रहेको रौतहट जिल्लास्थित एक माध्यामिक विद्यालयमा पठन-पाठन अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन्।
कटहरियाका पूर्वशिक्षकदवय लक्ष्मीनारायण यादव र रामाश्रेप्रसाद यादवले कटहरियास्थित श्रीजनता माध्यामिक विद्यालयको कक्षा ११ को पढाइ बन्द गरी करीब दुई घन्टा धार्मिक प्रवचन दिएका थिए।
पूर्वशिक्षक यादवद्वयले यौनकाण्डलगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका राम पालको बारेमा लगातार कक्षा कोठाभित्र प्रवचन दिएका थिए।
उनको प्रवचनको कारण मंगलबार अंग्रेजी र लेखा विषयको पढाइ हुन नसकेको कक्षा ११ मा अध्ययनरत् एक जना विद्यार्थीले बताएका छन्।
यादवद्वयले मंगलबार कक्षा ११ बुधबार कक्षा १२ लगायतको कक्षामा प्रवचन दिने कार्यक्रम रहेको बताएपछि कक्षा ११ का दुई जना विद्यार्थी इलाका प्रहरी कार्यालय कटहरियामा गएर गुनासो गरेका थिए।
सई मुकेशकुमार सिंहलाई भेटेर विद्यार्थीले सो बारे जानकारी गराएपछि सिंहले मावि कटहरियाका प्रधानाध्यापक सचिन्द्र प्रसाद यादवलाई इलाका प्रहरी कार्यालयमा बोलाएर गुनासो बारेकुरा राखेका थिए।
प्रधानाध्यापक यादवले कक्षा ११ मा पढाउने एक जना शिक्षकलाई फोन गरी सम्पूर्ण जानकारी लिएर यस्तो गतिविधिबारे आफूलाई पहिलेदेखि कुनै सूचना नरहेको बताएका थिए।
अब यस प्रकारको कुनै गतिविधि विद्यालय अथवा कक्षा कोठाभित्र कसैलाई गर्न नदिन सम्पूर्ण शिक्षकलाई उनले सई सिंहको रोहवरमा निर्देशन दिएका थिए।
पछिल्लो समय रौतहटमा अवकाश प्राप्त केही शिक्षकहरू राम पालको अनुवाई बनेर विभिन्न विद्यालयको कक्षा कोठाभित्र प्रवेश गरी पढाइ बन्द गरेर प्रवचन दिने गरेको गुनासो बढ्दै गएको छ।
प्रवचनकर्ता अवकाश प्राप्त शिक्षकहरू अग्रज पाको उमेरका मानिस भएको कारणले विद्यालय प्रशासन मौन रहने गरेको कारण विद्यार्थीको पढाइमा असर परिरहेको छ।
सम्बन्धित समाचार
२०८३ भदौ १ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


