गोविन्दा तथा श्रीमती र छोराछोरी बस्छन् अलग अलग घरमा
मुम्बइ । बलिउड अभिनेता गोविन्दाले आफ्नो जीवनमा धेरै उतारचढाव देखेका छन् । गोविन्दाका बुवा अरुण कुमार आहुजा पनि अभिनेता थिए । करिब ३० फिल्ममा नायकको रुपमा काम गरेपछि अरुण कुमार आहुजाले आफैं फिल्म निर्माण गर्न थाले तर उनले बनाएका सबै फिल्म फ्लप हुन पुगे ।
जसका कारण कुनै समय बान्द्राको कार्टर रोडमा रहेको आलिशान बंगलामा बस्ने आहुजा परिवारलाई मुम्बई बाहिर विरारको एउटा सानो घरमा सर्नु परेको थियो, जुन घरमा गोविन्दाको जन्म भएको थियो । आफ्नो बुबाजस्तै गोविन्दा पनि एक अभिनेता बने र आफ्नो कडा परिश्रमको आधारमा जुहु जस्तो भिभिआइपी क्षेत्रमा आफ्नै घर किनेका थिए। आज यस क्षेत्रमा गोविन्दाका दुईवटा घरहरू रहेका छन् ।
सम्बन्ध विच्छेदको खबर आउनु भन्दा केही महिना अघि गोविन्दाकी श्रीमती सुनिताले एक अन्तर्वार्तामा आफू र उनका छोराछोरी गोविन्दाको यी दुई घरमध्ये एउटामा बस्ने बताएकी थिइन् भने गोविन्दा आफैं अर्को घरमा बस्ने गरेको खुलाएकी थिइन् ।
गोविन्दाको फिल्म चल्न थाले पछि उनले जुहुको ‘जल दर्शन’ भवनमा आफ्नो पहिलो फ्ल्याट किनेका थिए । त्यसपछि गोविन्दाले यो फ्ल्याट वरपर दुईवटा फ्ल्याट पनि किनेका थिए । आज यो भवनको दुई तल्लामा बनेका तीनवटा ठूला फ्ल्याटलाई जोडेर गोविन्दले भवनभित्रै भव्य डुप्लेक्स घर बनाएका छन् ।
यो घर गोविन्दा र उनको परिवारका लागि विशेष छ किनभने यही घरमा उनको विवाह भएको थियो र उनका छोराछोरी पनि यही घरमा नै जन्मिएका थिए । तर, सुनिता आहुजाको अन्तर्वार्ताका अनुसार उनी आफ्ना छोराछोरी टीना आहुजा र यशवर्धन आहुजासँग यस विलासी फ्ल्याटमा बस्छन् र गोविन्दा उनको दोस्रो बंगलामा उनीबाट अलग बस्दै आएका छन्।
वास्तवमा, गोविन्दाको ‘गोल्डेन बिच सोसाइटी’ मा एउटा बंगला छ, जुन उनको ‘जल दर्शन’ फ्ल्याटबाट ६७ मिटर मात्र टाढा छ । उनकी श्रीमतीका अनुसार अहिले गोविन्दा यही बंगलामा अलग्गै बस्ने गर्दछन् । गोविन्दाको पनि यही बंगलामा अफिस छ र उनले आफ्नो अधिकांश काम यही अफिसमा बसेर पूरा गर्छन् । गोविन्दाका यी दुई घर एक अर्काको एकदमै नजिक छन् । आफ्नो बंगला छोडेर सिधै गए पछि पहिलो दाहिने मोड लिने बित्तिकै उनको दोस्रो घर देखिन्छ।
स्रोतबाट प्राप्त जानकारी अनुसार विवाहको ३७ वर्षपछि गोविन्दा र सुनिताले एकअर्काबाट अलग हुने निर्णय गरिसकेको जनाइएको छ । तर, उनीहरुका परिवारका सदस्यहरु दुवैले यस विषयमा छलफल गरी आपसमा मेलमिलाप गराउन चाहन्छन् । दुबैले अहिलेसम्म मुख भने खोलेका छैनन् ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


