दंगल कुस्ती खेलसँगै सकियो छैटौं मौलापुर मधानी महोत्सव
सञ्जय मिश्रा
रौतहट – रौतहटको मौलापुर नगरपालिकाद्वारा पतौराधाममा आयोजित मधानी महायज्ञको अन्तिम पाँचौं दिन बिहीबार अन्तर्राष्ट्रिय पहलवानको सहभागितामा प्राचीन खेल दंगल कुस्तीसँगै सम्पन्न भएको छ।
दंगल कुस्ती खेलमा नेपाल र भारतका नामुद पुरुष तथा महिलातर्फ चर्चित दर्जन बढी पहलवानहरूको सहभागिता रहेको थियो।
मेयर रिनाकुमारी साहको प्रमुख आतिथ्य तथा उपमेयर नागेन्द्र यादवको अध्यक्षतामा सम्पन्न भएको कुस्ती पहलवानी खेलमा हजारौं दर्शकहरूको सहभागिता रहेको थियो।
पतौराधामस्थित धार्मिक, सांस्कृतिक, पर्यटकीय एवम् ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने संकल्पसहित गत आइतबारदेखि सुरू भएको थियो।
पहिलो दिन फागुन ११ गते विभिन्न विद्यालयका विद्यार्थीहरूले शिक्षा, साक्षारता केन्द्रित सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
१२ गते भगवान् शिवको बाजागाजासहित भव्य बरात यात्रा निकालिएको थियो। भगवान शिवको बरात यात्रालाई आम जनता पार्टी (आजपा)का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले स्वागत गरेका थिए।
१३ गते शिव मन्दिरमा विशेष पूजा भएको थियो र शिव मण्डलीहरूका बीचमा भजन तथा धार्मिक कार्यक्रम प्रस्तुत गर्ने प्रतिस्पर्धा भएको थियो।
बुधबार १४ गते मधानी विशेष सांस्कृतिक कार्यक्रममा नेपाल र भारतका चर्चित कलाकारहरूले आफ्नो प्रस्तुति राखेका थिए।
भोजपुरी फिल्मका लेखक, निर्माता तथा पूर्वमन्त्री विनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, भोजपुरीका चर्चित गायक एवम् अभिनेता रितेश पाण्डे, महाकुम्भ मेलाका भाइरल गर्ल मोनालिसासहित भोजपुरी कलाकारहरू मिंटुवा, गायक सुनील पण्डित, नेपाली गायक गौरभनारायण राई, भोजपुरीका कलाकार प्रिया सुहानीलगायत स्थानीय कलाकारको पनि विशेष प्रस्तुति रहेको थियो।
सांस्कृतिक कार्यक्रम हेर्न रौतहट, बारा, पर्सा, सर्लाहीसँगै भारत बिहारबाट मानवसागर ओर्लिएको थियो।
मधानी महायज्ञ नेपाल-भारत सम्बन्धको सेतु बनेको मौलापुर नगरपालिकाका मेयर साहले दाबी गरेकी छिन्।
प्रत्येक वर्ष महाशिवरात्रीको अवसरमा भगवान शिव पार्वतीको विवाह उत्सवको रुपमा मनाइने मधानी महायज्ञले धर्म, संस्कृतिको संरक्षणसमेत हुने गरेको मेयर साहले विश्वास व्यक्त गरेकी छिन्।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
२०८३ साउन ३० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


