रौतहटमा फेरि अर्को वडा अध्यक्षको निधन
सञ्जय मिश्रा
२०८१, फाल्गुन, १७
रौतहट । रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामायिक निधन भएको छ ।
लामो समयदेखि गम्भीर प्रकृतिका रोगसँग लड्दै आएका वडा अध्यक्ष मुखियाको बिहान ७ बजे आफ्नै घरमा मृत्यु भएको उनका छोरा राम कलेबर मुखियाले बताएका छन् । नेकपा माओवादी केन्द्रको टिकटबाट उनी २०७९ को स्थानीय तहको निर्वाचनमा
लगातार दोस्रो कार्यकालको लागि वडा अध्यक्षमा निर्वाचित भएका थिए । यस अघी २०७९ को निर्वाचनमा निर्वाचित रौतहटको गढीमाई, राजापुर, र ईशनाथ नगरपालिकाका एक एकजना गरी ३ जना वडा अध्यक्षहरुको निधन भएको छ ।
लामो समय रिक्त रहेको उक्त तीनवटै वडाहरूमा केही समय अघि उपचुनाव सम्पन्न भएको थियो ।
सम्बन्धित समाचार
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


