दक्षिण अफ्रिका च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा
काठमाडौँ । दक्षिण अफ्रिका जारी च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा पुगेको छ । शनिबार सम्पन्न खेलमा इङल्याण्डलाई ७ विकेटले पराजित गर्दै दक्षिण अफ्रिका सेमिफाइनलमा पुगेको हो ।
इङल्याण्डले दिएको १८० रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाके २९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि टस जितेर पहिला ब्याटिंग गरेको इङल्याण्ड ३८.२ ओभरमा अल आउट हुदै १७९ रन बनाएको थियो ।
यो जितपछि समुह बी बाट दक्षिण अफ्रिका ३ खेलमा ५ अंकसहित शिर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ । त्यस्तै अस्ट्रेलिया ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेर सेमिफाइनलमा पुगेको छ ।
त्यसैगरी योसँगै समुह बी बाट अफगानिस्तान र इङल्याण्ड प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब समुह चरण अन्तर्गतको अन्तिम खेल आइतबार समुह ए को भारत र न्यूजील्याण्डबीच हुदै छ । यस खेलले समुह विजेता र उपविजेताको तय गर्ने छ । समुह ए बाट भारत र न्यूजील्याण्ड सेमिफाइनल पुगिसकेका छन् भने समुह ए बाट पाकिस्तान र बंगलादेश बाहिरिएका छन् ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

