टाटा कर्भ ईभीद्वारा कश्मीर देखि कन्याकुमारीसम्म सबैभन्दा छिटो ड्राइभको रेकर्ड कायम
काठमाडौं । टाटा कर्भ ईभीले भारतको कश्मीर देखि कन्याकुमारी सम्मको ३ हजार ८२३ किलोमिटरको दुरी ७६ घण्टा ३६ मिनेटमा पार गरेर सबैभन्दा तीव्र गतिमा दुरी पार गर्ने ईभी अर्थात ईभी ड्राइभको इतिहास कायम गरेको बताइएको छ।
हाल सम्मको रेकर्ड अनुसार टाटाकै नेक्सन ईभी म्याक्सको नाममा यो रेकर्ड कायम थियो । सो रेकर्ड भन्दा कर्भ ईभीले १९ घण्टा कम समयमा सो दुरी पार गरेको हो । यो वाहेक कर्भ ईभीले अन्य २० राष्ट्रिय रेकर्ड समेत कायम गरेको जनाइएको छ ।
सो महत्वपूर्ण यात्राका लागि कर्भ ईभीले १६ चार्जिङ स्टपको प्रयोग गरेको थियो । पहिले औसत चार्जिङ समय २८ मिनेट भएकोमा अब यो घटेर १७ मिनेट मात्र भएको छ । यसले भारतमा बढ्दो चार्जिङ नेटवर्क र ब्याट्री प्रविधिलाई समेत दर्शाएको छ ।

केटुके रनका लागि आयोजित कार्यक्रम अन्तर्गत टाटा कर्भ ईभीले सो रेकर्ड कायम गरेको बताइएको छ। जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाद्वारा शुभारम्भ गरिएको सो कार्यक्रम फेब्रुअरी २५ मा सुरु भएर फेबु्रअरी २८ मा सकिएको थियो ।
एक्टि.ईभी प्योर ईभी आर्किटेक्चर र ५५ किलोवाट ब्याट्री प्याकयुक्त टाटा कर्भ ईभीले सो चुनौतीपूर्ण यात्रा पार गरेको जनाइएको छ ।
टाटा कर्भ ईभी हालै मात्र नेपाली बजारमा सार्वजनिक गरिएको छ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ल्याएको कर्भ ईभीले सिंगल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने बताइएको छ । नेपालका लागि कम्पनीले यसको टेस्टिङ रेन्ज ३८० किलोमिटर भनेको छ ।

यसमा ९८ किलोवाटको मोटर रहनुका साथै यसलाई इको, सिटी र स्पोर्ट मोडमा ड्राइभ गर्न सकिन्छ । यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४३१०, १८१० र १६३७ एमएम रहेको छ भने ह्विलबेस २५६० एमएम रहनुका साथै १८६ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको टाटा कर्भ ईभीमा ५०० लिटरको बुट स्पेस छ भने टर्निङ रेडियस ५.३५ मिटर रहेको कम्पनीले बताएको छ ।
टाटा कर्भ ईभीको मूल्य नेपाली बजारमा ५६ लाख ९९ हजार रुपैयाँ रहेको जनाइएको छ ।

सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


