Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, १८
एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुने खेलाडीको बिदाई

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा सहभागी हुन इरानको तेहरान जाने १० खेलाडीसहित १३ सदस्यीय नेपाली टोलीलाई बिदाइ गरेका छन्।

मार्च ४ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा नेपालसहित भारत, इरान, इराक, बंगलादेश, थाइल्यान्ड र मलेसिया गरी ७ राष्ट्र सहभागी हुने छन् ।

प्रतियोगितामा मानमति विष्ट (कप्तान) जयन्ती बडू, रविना चौधरी, गंगा घिमिरे, सिर्जनाकुमारी थारु, निशा बोहरा, निशा खत्री, मनीषा जोशी, आस्मा यादव र विनिता पण्डित क्षेत्रीले भाग लिदै छन् भने अफिसियलमा अरविन्दकुमार झा, प्रशिक्षक हरिना थापा र निर्णायक नितु गुरुङ रहेका छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स