तस्करीको आशंकामा बारा प्रहरीले नियन्त्रणमा लियो ट्रक, ५३ लाख बराबरको सामान जफत
काठमाडौं । भन्सार छलीको आशंकामा बारा प्रहरीले एउटा मालबाहक ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले सोमबार दिउँसो १ बजे जितपुर सिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट ना६ख ४४४७ नम्बरको मालबाहक ट्रक नियन्त्रणमा लिएको हो।
वीरगन्जबाट काठमाडौं जाँदै गरेको उक्त ट्रकमा भन्सार छलीको सामान रहेको सूचना पाएपछि प्रहरीले नियन्त्रणमा लिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए। उक्त ट्रकमा करिब ५३ लाख ४० हजार ९० रुपैयाँ बराबरको विभिन्न खुद्रा सामानहरू रहेको तामाङले बताए।
उक्त ट्रक र सामान आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको छ।
तामाङले तस्करीमा प्रहरीले शून्य सहनशीलता अपनाएको भन्दै तस्करी नसहने बताए। ‘हामी तस्करी नियन्त्रणमा केन्द्रित छौं,’ तामाङले भने, ‘तस्करीजन्य अपराधमा प्रहरीले शून्य सहनशीलतापूर्वक काम गरिरहेको छ।’
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


