Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

बीवाईडीले आफ्ना गाडीमा १० वर्षसम्मको वारेन्टी दिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २१
बीवाईडीले आफ्ना गाडीमा १० वर्षसम्मको वारेन्टी दिने

काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधनको लोकप्रियता बढ्दै जाँदा बीवाईडीले आफ्ना ग्राहकहरूलाई थप सुविधा दिने निर्णय गरेको बताइएको छ। कम्पनीका आधिकारिक वितरक साइमेक्स इंकले बीवाईडीका सम्पूर्ण ईभी मोडेलमा वारेन्टी अवधि बढाएको घोषणा गरिएको छ।

काठमाडौंमा फागुन १८ गतेसम्म चलेको ‘ बीवाईडी हाई–टेक विक २०२५’ का अवसरमा कम्पनीले यो नयाँ प्रस्ताव ल्याएको जनाइएको छ। यसअघि बीवाईडीले ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर (जुन पहिला पूरा हुन्छ) वारेन्टी दिँदै आएको थियो भने अब यो अवधि बढाएर १० वर्ष वा २ लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराउने कम्पनीको दाबि रहेको छ ।

बीवाईडीका सफल मोडेलहरू एट्टो ३, डल्फिन, र एम६ मा विशेष रूपमा यो सुविधा दिइएको छ। साथै, बीवाईडीले हालै नयाँ अत्याधुनिक मोडेलहरू समेत सार्वजनिक गरेको बताइएको छ, जसमा याबवाब यु८, डेन्जा जेड९जीटी, र बीवाईडी शार्क ६ प्रमुख रहनुका साथै आधुनिक प्रविधि, उच्च सुरक्षास्तर र उत्कृष्ट पर्फमेन्सका लागि चिनिन्छन्।

ब्लेड ब्याट्री प्रविधिले बीवाईडीका गाडीहरूलाई थप सुरक्षित बनाउनुका साथै उच्च चार्जिब क्षमताका कारण चर्चित यो ब्याट्री ‘नेल पेनिट्रेसन टेस्ट’ मा समेत सफल देखिएको छ, जसले थप सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले बताएको छ।

बीवाईडी हाई–टेक विक फागुन १८ गतेसम्म चलेको थियो, जसमा ग्राहकहरूले विभिन्न अफर तथा बीवाईडीको नयाँ प्रविधिबारे विस्तृत जानकारी लिनुका साथै, ग्राहकहरूले बीवाईडीका नयाँ मोडेलहरूको अनुभव लिने अवसर समेत पाएको कम्पनीले जनाएको छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स