Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु: आईफोन १६ लक्की ड्र मार्फत जित्न सकिने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, फाल्गुन, २१
सीजी मोटर्सको एक्सचेन्ज मेला सुरु: आईफोन १६ लक्की ड्र मार्फत जित्न सकिने

काठमाडौं । नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले २० फाल्गुनदेखि २७ फाल्गुनसम्म सी.जी एक्सचेन्ज मेला आयोजना गरेको बताइएको छ। ईभी एक्सचेन्ज कार्यक्रममा ग्राहकहरूले पुराना सवारी साधनहरूलाई नयाँ इलेक्ट्रिक गाडीहरू साट्न सक्ने लाभदायक अवसर पाउनेछन् । जसमा एयोन, एक्स्पेङ, डायुन, र नेटा जस्ता प्रमुख अन्तर्राष्ट्रिय ब्रान्डका गाडीहरू समावेश गरिएको छ।थापाथली स्थित आफ्नो शोरूमहरूमा एक्सचेन्ज मेला चलिरहेको कम्पनीले जनाएको छ।

यस एक्सचेन्ज मेलामा ग्राहकहरूले एक्सचेन्ज बोनस, आकर्षक छुट, निःशुल्क एक्सेसोरीहरू, र सजिलो फाइनान्सिङका विकल्पहरू जस्ता विशेष फाइदाहरू पाउन सक्नेछन् । ग्राहकहरूले यस कार्यक्रममा निःशुल्क ७ किलोवाटको चार्जर, एक आर्थिक वर्षको निःशुल्क सवारी कर, र अटो प्लस बीमा समेत उपलब्ध गराइने कम्पनीले बताएको छ।

सीजी मोटर्सले पुराना गाडीहरूको उत्कृष्ट मूल्यांकन गर्ने भएकाले इलेक्ट्रिक गाडीमा अपग्रेड गर्न चाहने ग्राहकहरूका लागि यो उत्कृष्ट अवसर  हुने कम्पनीको दाबी छ । सहभागीहरूको अनुभवलाई थप आकर्षक बनाउँदै कम्पनीले, टेस्ट ड्राइभ गर्ने इच्छुक ग्राहकहरुलाई टेस्ट ड्राइभमा विशेष उपहार पनि प्रदान गर्नुका साथै, सहभागीले आईफोन १६ लक्की ड्र मार्फत जित्न सक्नेछन् ।

सीजी मोटर्सको एक्सचेन्ज मेलाले नेपालमा इलेक्ट्रिक सवारी साधनलाई थप प्रवर्द्धन गर्ने बताइएको छ। ग्राहकहरूलाई थापाथलीस्थित ब्रान्डका शोरुमहरूमा गई सीमित समयको अवसरको फाइदा उठाउन आव्हान गरिएको छ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स