आइफाले फिल्म शोलेको विशेष स्क्रिनिङ गर्ने
काठमाडौँ । अन्तर्राष्ट्रिय भारतीय फिल्म एकेडेमी (आईफा) को २५औं संस्करणमा रमेश सिप्पीको प्रसिद्ध फिल्म ‘शोले’ को विशेष स्क्रिनिङ आयोजना गरिने भएको छ ।
यस महोत्सवसँगै सिनेमा प्रेमीहरूको पुराना सम्झनाहरू ताजा हुनेछन् । आइफा आयोजकहरूले मार्च ९, आइतबार फिल्मको ५० वर्ष पूरा भएको उपलक्ष्यमा जयपुरको प्रसिद्ध राज मन्दिर सिनेमाघरमा फिल्मको विशेष प्रदर्शन आयोजना गर्ने निर्णय गरेका छन् ।
यस अवसरमा आईआईएफएका सह-संस्थापक आन्द्रे टिमिन्सले उत्साह व्यक्त गर्दै भने, ‘आईआईएफए २०२५ केवल एक उत्सव मात्र होइन । यो समयको यात्रा हो, जयपुरको प्रतिष्ठित राज मन्दिरमा ‘शोले’ को ५० वर्षको सम्मान गर्दैछौं । हामी आईआईएफएको रजत जयन्ती पनि मनाइरहेका छौं । यसले सम्झनाहरू र सिनेमाको जादू मनाएर पुस्तादेखि पुस्तासम्मको हृदयलाई छोएको छ ।’
उनले शोले एउटा फिल्मभन्दा बढी भएको बताउदै यो एउटा भावना भएको बताए । उनले भने- शोलेको विरासतलाई सम्मान गर्ने राज मन्दिरभन्दा राम्रो ठाउँ के छ ? पाँच दशकभन्दा बढी समयदेखि चलचित्र प्रेमीहरूका लागि एउटा ऐतिहासिक थिएटर बनेको छ ।’
अमिताभ बच्चन, धर्मेन्द्र र अमजद खान अभिनित शेले फिल्म १९७५ मा रिलिज भएको थियो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


