लिपमोटर टी ०३ नेपाली बजारमा : मूल्य कति ?
काठमाडौं । प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य सांग्रिला मोटर्स प्रालिले आधिकारिक रुपमा नयाँ ईभी लिपमोटर टी०३ लन्च गरेको छ। यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको बताइएको छ ।
सो अवसरमा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे ।
लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर ब्याट्री रहेको छ जसको डब्लुएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साइकलमा ३९५ किमी रहेको कम्पनीको भनाइ छ । यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ ।
‘हामी लिपमोटर टी०३ नेपालमा प्रस्तुत गर्न उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ,’ सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान र लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै ब्रान्डको नेतृत्व, दृढता र उत्कृष्टताले यसको मूल्य झल्काउने बारेमा आफ्नो मन्तव्य राखेका थिए ।
सांग्रिला मोटर्सले यो भन्दा पहिले नेपाली बजारमा लिपमोटर सी १० उपलब्ध गराइसकेको छ भने अहिले टी ०३ ल्याएको जनाइएको छ । सांग्रिला मोटर्स २०१७ देखि प्यूजोको र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको बताइएको छ ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


