बालिकामाथि यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा कम्प्युटर शिक्षक पक्राउ
काठमाडौं । विद्यालयभित्रै बालिकामाथि बाल यौन दुरुपयोग गरेको आरोपमा सप्तरीमा शिक्षक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनुषा सवैला नगरपालिका-१२ घर भई सप्तरी सप्तकोशी नगरपालिका-२ बस्ने ३३ वर्षीय रमेशकुमार राउत रहेका छन्।
सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार उनलाई दुई दिनअघि सप्तकोशी नगरपालिका-२ स्थित गौवर्द्धन बैरागी जनता माविबाट पक्राउ गरिएको हो। उनले सोही दिन बिहान ८ बजे १६ वर्षीया नाबालिका ‘कञ्चनपुर २०८१/८२’लाई बाल यौन दुरुपयोग गरेको उजुरी परेको थियो।
राउत सो विद्यालयमा कम्युटर शिक्षक हुन्। उनले बालिकामाथि यौन दुरुपयोग गरेको जानकारी पाएपछि पक्राउ गर्न इलाका प्रहरी कार्यालय कञ्चनपुरको टोली विद्यालयमा पुगेको थियो।
‘यौन दुरुपयोग गरेको भनी सम्बन्धित बालिकाले नै प्रहरीलाई जानकारी गराएकी छिन्,’ प्रहरी उपरीक्षक खतिवडाले भने, ‘हिरासतमा राखेर अहिले अनुसन्धान थालिएको छ।’
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


