राष्ट्रिय वाणिज्य बैंक र सिँजा गाउँपालिकाबीच ‘किसान सरल कर्जा’ का लागि सम्झौता
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिँजा गाउँपालिका, जुम्ला, कर्णालीबीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्नेसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बीच सोमबार हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात् कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेरसम्मका नेपाली नागरिक वा कानुनीरूपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिससहित कर्जाको लागि आवेदन दिन सक्नेछन् । बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुवै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । बढीमा १० लाख रूपैयाँसम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा शून्य दशमलव ५० प्रतिशत प्रिमियम जोडी व्याजदर निर्धारण गरिने छ र गाउँपालिकाले आफ्नो कोषबाट ऋणीलाई एक प्रतिशत व्याज अनुदान दिनेछ । हाल बैंकको आधार दर पाँच दशमलव ४४ प्रतिशत रहेको छ । यो कर्जा लगानीपश्चात् कृषि उपजको व्यावसायिक उत्पादन भई स्वरोजगारमा वृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा सिँजा गाउँपालिकाका २ नं वडाका वडाध्यक्ष तीर्थ वर्ड, बैंकका कृषि तथा सामाजिक बैंकिङ विभागका विभागीय प्रमुख अच्युत गौतमलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकको हाल सात वटा प्रदेशअन्तर्गतका ७७ जिल्लाका सबै सदरमुकासहित दुई सय ९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, तीन सय १२ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ ।
सम्बन्धित समाचार
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५ प्रतिशत ब्याजदरमै अटो लोन
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
हायर पर्चेज कर्जाको ब्याजदरमा राष्ट्र बैंकको कडाइ
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


