Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

प्लास्टिकको पोकोमा भेटियो दुई शिशुको शव- अाजको पत्रिका

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, १९
प्लास्टिकको पोकोमा भेटियो दुई शिशुको शव- अाजको पत्रिका

काठमाडौं १८ जेठ ।  विराटनगर–१२ मा हत्या गरेर फ्यालेको अवस्थामा एउटै प्लाष्टिकमा नवजात शिशुका दुईवटा शव सोमबार दिउँसो फेला परेका छन् ।

विराटनगर–१२ को ग्रिनक्रस अस्पतालबाट घोगापुल चौकतर्फ जाने सडकको छेउमा नवजात शिशुको शव देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खवर गरेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाका अनुसार सडकको छेउमा एउटा कालो रंगको प्लाष्टिक भित्र पोको पारेर फ्यालेको अवस्थामा दुबै शिशुको शव फेला परेको हो ।

दुबै शिशु एउटै आमाबाट जन्मिएका जुम्ल्याहा छोरा भएको हुन सक्ने प्रहरीको अनुमान छ । अवैध सम्बन्धबाट जन्मिएका कारण हत्या गरेर शिशुलाई फ्यालेको हुन सक्ने आशंकामा प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

घटनामा संलग्न कसैलाई पनि पक्राउ भने गर्न नसकिएको र प्रहरीले खोजी थालेको डीएसपी थापाले बताए । दुबै शिशुको शव पोष्टमार्टमका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा राखिएको छ ।
अन्नपूर्णपोष्टबाट

naima expoTop Changing Nepal

युट्युब सट्स