Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८१, चैत्र, २
टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौं । अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्टको उद्घाटन गरेका छन्। काठमाडौंको केएल टावसरको दोस्रो तलामा रहेको स्मार्ट पोइन्टको शनिबार एक कार्यक्रमबीच कुलले उद्घाटन गरेका हुन्।

डक्टर डेनिमका ब्राण्ड एम्बासडरसमेत रहेका कुलले स्मार्ट पोइन्ट फेसन हाउसको उद्घाटन गर्दै सफलताको शुभकामना दिए। सो अवसरमा कुलले सञ्चालक जयराम भण्डारीको लगनशिलताको पनि तारिफ गरेका थिए। अभिनेतासमेत रहेका कुलले डक्टर डेनिमलगाएर स्मार्ट बन्न आग्रह गरेका छन्।

सो अवसरमा  स्मार्ट पोइन्टका सञ्चालन भण्डारीले ब्यवसायको क्षेत्रमा करिब एक दशकदेखि  लागि परेको बताए। भण्डारीले यो ब्यवसाय क्षेत्र निकै आशालाग्दो क्षेत्र भएकाले लामो समयदेखि यही क्षेत्रमा सक्रिय रहेको बताएका थिए।

‘सधैँ सकारात्मक सोचौं’ भन्ने मूल नारासहित सञ्चालनमा ल्याइएको यस स्मार्ट पोइन्टले उद्घाटनका क्रममा उपस्थित सञ्चारकर्मीलाई पनि आफ्ना  ब्राण्डका सामाग्री उपहार स्वरुप प्रदान गरेको थियो।

naima expoTop Changing Nepal

युट्युब सट्स