कहिले आउछ पुष्पा-३ ?
काठमाडौँ । साउथ सुपरस्टार अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ द रुल’ ले भारतसँगै विश्वव्यापी रूपमा पनि धेरै कमाई गर्यो । यो फिल्म २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पा: द राइज’ को सिक्वेल थियो, जसलाई दर्शकले मन पराएका थिए । यो फिल्मको ब्लकबस्टर सफलता पछि, अब दर्शकहरू यसको तेस्रो भागको उत्सुकताका साथ प्रतिक्षा गरिरहेका छन् ।
अब, ‘पुष्पा ३’ को बारेमा रोचक जानकारी बाहिर आएको छ। ब्लकबस्टर एक्सन ड्रामा ‘पुष्पा ३’ को तेस्रो सिरिज आउने निश्चित भएको हो । ‘रोबिन हुड’ को प्रमोशनल कार्यक्रमको क्रममा, निर्माता रविशंकरले पुष्पा ३ को बारेमा अपडेट साझा गर्दै यसको रिलीजको घोषणा गरेका छन् । उनले ‘पुष्पा ३’ २०२८ मा रिलिज हुने बताए । यो अपडेट ‘पुष्पा २: द रुल’ को सफलता पछि आएको हो, जसले विश्वव्यापी रूपमा १६५० करोड भारु भन्दा बढी कमाएको थियो र दंगल र बाहुबली २ पछि तेस्रो सबैभन्दा ठूलो भारतीय फिल्म बनेको थियो ।
राम चरणसँगको आफ्नो हालको परियोजना पूरा गर्ने बित्तिकै निर्देशक सुकुमारले पुष्पा ३ मा काम सुरु गर्ने बताइएको छ । अर्कोतर्फ, अल्लु अर्जुनले एटली, त्रिविक्रम र अन्यसँग आफ्नो फिल्महरू पूरा गर्नेछन् । पुष्पा सिरिजमा अल्लु अर्जुनका अलवा रश्मिका मन्डन्ना, फहद फासिल, जगपति बाबु, सुनिल लगायतको भूमिका रहेको छ र फिल्मलाई मिथ्री मुभी मेकर्सले निर्माण गरेको थियो ।
सम्बन्धित समाचार
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
‘स्पाइडर म्यान’लाई पछि पार्दै तमिल चलचित्र तीन दिनमै मच्चायो तहल्का
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
रणवीरको ‘रामायण’ भारतीयले भन्दा पहिला अन्तर्राष्ट्रिय दर्शकले हेर्न पाउने
दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा ग्रान्ड अडिसन सम्पन्न
प्रदीपसिंह रावत, जो थिए १०० करोड रुपैयाँ कमाउने बलिउडका पहिलो खलनायक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


