रुपन्देहीमा एसइई शान्तिपूर्ण सम्पन्न, भैरहवाबाट एक नक्कली परीक्षार्थी पक्राउ
भैरहवा । रुपन्देही जिल्लामा एसईईको पहिलो दिनको परिक्षा मर्यादित र शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । जिल्लाका ६० वटा परिक्षाकेन्द्रहरु रहेको रुपन्देही जिल्लामा २३ हजार ६ सय ६० जना विद्यार्थीहरुको सहभागिता रहेको शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका सुचना अधिकृत अम्बर केसीले जानकारी दिए । परिक्षामा रेगुलर तर्फ १७ हजार ३ सय ३० मध्ये १७ हजार २ सय १७ जना विद्याथीहरुले परिक्षा दिएको र ११३ जना विद्यार्थी अनुपस्थिती रहेको शिक्षा अधिकृत केसीले जनाए ।
यसैगरी अपाङ्ग भएका विद्यार्थीहरु पूर्ण रुपमा हात नचल्ने र दृष्टि विहिन विद्यार्थीहरु गरी १५ जना विद्यार्थीले सहयोगी विद्यार्थीको रुपमा कक्षा ९ का विद्यार्थीको सहयोगले परिक्षा दिएका छन । उनिहरुको अवस्था हेरेर आधा घण्टा समय थप गरिएको पनि शिक्षा अधिकृत केसीले बताए ।
साथै, कारागार र बालसुधार गृहबाट ८ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त विद्यार्थीहरुको परिक्षा केन्द्र भैरहवा नमुना मा.वि भएपनि उनीहरुले आफु रहेकै स्थान बाट परिक्षा दिने व्यवस्था मिलाइएको थियाे ।
यसैबीच रुपन्देहीको सिद्धार्थनगर नगरपालिका -८ मा रहेको परीक्षा केन्द्र लीलाराम न्यौपाने माध्यमिक विद्यालयमा परीक्षा दिँदै गरेको अवस्थामा नक्कली परीक्षार्थी फेला परेको विद्यालयका प्राचार्य रूप कुमार रायमाझीले जानकारी दिए । उनका अनुसार परीक्षा चलिरहेको बेला प्रवेश पेपरमा हस्ताक्षर गर्न जाने बेला प्रवेश पत्रमा भएको तस्बिर र परीक्षार्थीको अनुहार नमिले पछि सोधपुक्ष गर्दा नक्कली विद्यार्थी भएको पाइएको हो ।
तिलोत्तमा नगरपालिका स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययनरत एक विद्यार्थी सिद्धार्थनगर नगरपालिकामा रहेको सु-संस्कृत माध्यमिक विद्यालयका एक विद्यार्थीको परीक्षा दिनका लागि आएको पाइएको प्रfचार्य रायमाझीले बताए । उक्त विद्यार्थीको ग्रेड वृद्धिको परीक्षा आज मात्र रहेको र त्यसैमा पनि नक्कली परीक्षार्थी प्रयोग भएको पाइएपछि उक्त विद्यार्थीलाई जिल्ला प्रहरी कार्यलय रुपन्देही पठाइएको प्राचार्य रायमाझीले जानकारी दिए ।
सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
एनआईसी एशिया बैंकका ग्राहकहरूलाई हेल्थी च्वाइस हस्पिटलमा २० प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


