लुयान एमएनके–३ अब १८० एमएम ग्राउन्ड क्लियरेन्ससहित नेपालमा उपलब्ध
काठमाडौं । नेपालमा लोकप्रिय इलेक्ट्रिक स्कुटर ब्रान्ड लुयानले आफ्नो चर्चित मोडेल एमएनके–३ को अपग्रेडेड भर्सन सार्वजनिक गरेको छ, जसमा १८० एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यो अपग्रेडले एमएनके–३ लाई नेपालका विविध सडक अवस्थाहरू, जस्तै असमान भूभाग, खाल्डाखुल्डी, र स्पिड ब्रेकरहरूमा अझ सजिलो बनाउनेछ ।
एमएनके–३ ले पहिले नै आफ्नो परफर्मेन्स, पिकअप, र आधुनिक डिजाइनका कारण नेपाली बजारमा राम्रो छवि बनाइसकेको छ । यस नयाँ अपडेटसँगै, लुयानले ग्राहकहरूलाई अझ आरामदायी र भरपर्दो यात्राको अनुभव प्रदान गर्ने लक्ष्य राखेको बताइएको छ ।
यो मोडेल अब दुई ब्याट्री भेरियन्टहरूमा उपलब्ध छ । ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्री । जसको कारण स्कुटरले एकपटकको फुल चार्जमा अधिकतम् १२० किमीको रेन्ज प्रदान गर्ने कम्पनीले जनाएको छ । एमएनके–३ मा अगाडि र पछाडि १२ इन्चका टायरहरू तथा डबल डिस्क ब्रेकहरू छन्, जसले यसको प्रीमियम फील र परफरर्मेन्सलाई अझ बढाएको छ ।
नेपालमा लुयानका इलेक्ट्रिक स्कुटरहरू उच्च गुणस्तर र आधुनिक विशेषताका लागि चिनिन्छन् । एमएनके–३ मा रिजनरेटिभ ब्रेकिङ सिस्टम, कम्बाइन्ड ब्रेकिङ सिस्टम, फराकिलो लेगरूम, र आकर्षक डिजाइन जस्ता विशेषताहरू छन् । यसको उच्च लोडिङ क्यापासिटीले पनि यसलाई नेपालमा सर्वाधिक विश्वसनीय मोडेलमध्ये एक बनाएको छ । एमएनके–३ पछिल्ला ६ वर्षदेखि नेपाली ग्राहकहरूबीच लोकप्रिय छ ।

यी महत्वपूर्ण सुधारहरू भए पनि, नेपालका लागि लुयानको एकमात्र आधिकारिक वितरक जिरो इमिसन राइड एन ले एमएनके–३ को मूल्य पहिलेको जस्तै राखेको छ । ७२ भोल्ट ३८ एएच ग्राफिन ब्याट्री भेरियन्टको मूल्य १ लाख ९२ हजार ६ सय र ७२ भोल्ट ४० एएच लिथियम–आयन ब्याट्री भेरियन्टको मूल्य २ लाख ३७ हजार ६ सय नै कायम गरेको छ । यस निर्णयले ग्राहकहरूलाई अपग्रेडेड सुविधाहरूको लाभ, मूल्यवृद्धि बिना नै प्राप्त गर्नसक्ने बनाउँछ, जसले एमएनके–३ लाई नेपालमा अझ आकर्षक छनौटको स्कुटर बनाएको छ ।
लुयान नेपालले जनाएअनुसार नयाँ अपग्रेड गरिएको एमएनके–३ मोडेल देशभरका डिलरशिपहरूमा उपलब्ध छ ।
लुयान नेपाल तुलनात्मक रुपमा अन्य इलेक्ट्रिक स्कुटर भन्दा सस्तो तथा भरपर्दो इलेक्ट्रिक स्कुटरहरू प्रदान गर्ने मात्र नभई बिक्रीपछिको सेवामा पनि विशेष ध्यान दिने कम्पनीको रुपमा आफुलाई चिनाएको कम्पनीका सेल्स हेड शंकर शर्माको भनाइ छ । हाल कम्पनीले काठमाडौं उपत्यकाभित्र १५ वटा सर्भिस सेन्टर र चार्जिङ्ग पोइन्ट सञ्चालन गरिरहेको जानकारी दिँदै शर्माले लुयानका काठमाडौं उपत्यका र बाहिर गरी आजका मितिसम्म १६ वटा शो–रुमहरू रहेको बताए ।

सम्बन्धित समाचार
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


