Jankari Kendra
३० श्रावण २०८३, शनिबार
Worldlink

जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ

मुकेश कुमार यादव
मुकेश कुमार यादव
२०८१, चैत्र, ७
जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ

सिरहा । सिरहामा जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई  प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्लाको गोलबजारपालिका- ४ का स्थितका माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) को छोरा अजय साहले विवाहको प्रलोभनमा पारी जबरजस्ती करणी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो।

इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरी टोलीले लुकिछिपी बसेको अवस्थामा साहलाइ नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। साहमाथि एक युवतीलाई ललाई फकाई विवाह गर्ने प्रलोभनमा पारि पटक-पटक जबरजस्ती गरणी गरेको आरोप उनलाई बिहिवार राती पक्राउ गरेको हाे ।

करिव २ वर्ष अगाडी माँ धमिनी एग्रो राईस मिलका संचालक महेश साह (कोकवा) मिल मै कामगर्ने एकजना कामदारलाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेको थियो।  साहले करोडौंको चलखेल गरि उक्त मुद्दामा सफाइ पाएका थिए।

साहमाथी फागुन २७ गते नै जबर्जस्ती कर्णीको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी रमेश पण्डितले बताए। उनले भने, ´साह लुकिछिपी बस्दै आएका थिए।’

प्रहरी देखे पछि भाग्ने क्रममा पूर्व पश्चिम राजमार्ग अन्तर्गत गोलबजार- ४ सातपत्रे खोला नजिकबाट साहलाई नियन्त्रणमा लिएको हो। उनले भने, ‘जवरजस्ती करणी आरोपका फरार प्रतिवादी साहलाई आज सम्मानित जिल्ला अदालतबाट म्याद थप भएको छ। थप अनुसन्धान कार्य भइरहेको छ।´

naima expoTop Changing Nepal

युट्युब सट्स