कर्णप्रिय सहयात्रा २०२५ : डिलर र अडियोलोजिट मिट कार्यक्रम सफलतापुर्वक सम्पन्न
काठमाडौं । नेपाल हेयरिङ एन्ड स्पिच क्लिनिकले आफ्नो दीर्घकालीन साझेदारीको यात्रालाई स्मरण गर्दै आयोजना गरेको “कर्णप्रिय सहयात्रा २०२५” नामक विशेष कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको छ ।
सन् २०११ देखि सेवा प्रदान गर्दै आएको यस संस्थाले हेयरिङ प्रोबलमको उपचार , हेयरिङ एड सेवा ,स्पिच थेरापि र ककियर ईमपान्ट सेवा प्रदान गर्दै आएको बताइएको छ । कम्पनीले १४बर्षदेखि आफ्नो सेवा विस्तार गर्दै ब्लु बड मल , थापाथलीस्थित कार्यालयबाट देशभरि हेयरिङ एन्ड स्पिच केयर सेवा दिँदै आएको जनाएको छ ।
कार्यक्रमको आयोजना नेपाल हेयरिङ एन्ड स्पिच क्लिनिकका प्रबन्धक निर्देशक पुरुशोतम भुर्तेलले गरेका थिए । जसले साझेदारहरुप्रतिको सम्मान र सहयोगको कदरस्वरुप यस कार्यक्रमको नेतृत्व गरेका थिए।
कार्यक्रममा फोनम ब्रान्डबाट अन्तर्राष्ट्रिय अतिथिहरु थोर यु च्याङ र निरज कुमार शर्माको समेत सहभागी भएका थिए ।
उक्त कार्यक्रम होटल हिमालय,ललितपुरमा सम्पन्न भएको थियो । संचालनको भुमिका चर्चित हास्य कलाकार सुमन कार्कीको मनोरञ्जनात्मक स्टयान्डअप कमेडी प्रस्तुतीले वातावरणलाई हर्षाेल्लासपुर्ण बनाएकोे थियो ।
यस विशेष अवसरमा फोनम ब्रान्डको हेयरिङ एड “इन्फिनियो” को औपचारिक उद्घाटन समेत गरिएको थियो ,जसले हेयरिङ टेक्नोलोजिमा नयाँ युगको सुरुवात गरिएको बताइएको छ ।
“कर्णप्रिय सहयात्रा २०२५” ले नेपाल हेयरिङ एन्ड स्पिच क्लिनिक र यसको डिलर तथा अडियोलोजिस्ट समुदायबिचको सहकार्यलाई अझ मजबुत बनाएको छ र भबिष्यमा समेत यस्ता कार्यक्रममार्फत नवप्रविधि र साझेदारीको प्रवर्धन गरिने अपेक्षा गरिएको जनाइएको छ ।
सम्बन्धित समाचार
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
पाकिस्तान पनि लाग्यो अन्तरिक्ष खोजमा, ‘जिन्ना १ चन्द्रमामा पठाउँदै
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु




