हल्यान्ड घाइते भए पछि म्यानचेस्टर सिटी तनावमा
काठमाडौं । म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्डले आइतबारको एफए कप बोर्नेमाउथ विरुद्धको जितमा खुट्टाको चोट लागे पछि गम्भिर घाइते भएका थिए ।
स्वास्थ्य विशेषज्ञले उनको चोटका बारेमा अध्ययन गरे पछि क्लबले उनले यो सिजन फेरि खेल्न सक्ने आशा ब्यक्त गरेको छ। नर्वेजियन खेलाडीले ६१ औं मिनेटमा बराबरी गोल गरेपछि सिटीले चेरीलाई २–१ ले हराएर सेमिफाइनलमा प्रवेश गरेको थियो ।
२४ वर्षीय खेलाडी घाइते भएको सामाजिक सञ्जालमा एक भिडियो देखिएको थियो, जहाँ भिटालिटी स्टेडियममा उनी बैसाखी र सुरक्षात्मक बुटलगाएर बायाँ खुट्टा उचालेर हिडेको देखिएको थियो ।
सिटीले सोमबार भन्यो, ‘हालान्ड यस गर्मीको फिफा क्लब विश्वकपसहित यस सिजनको बाँकी भाग खेल्नका लागि फिट हुनेछन् भन्ने आशा राखेको छ।’
यो सिजन ४० खेलमा ३० गोल गरेका हालान्डले चोटको पूर्ण हद बुझ्न विशेषज्ञकहाँ पठाउनु अघि उनको खुट्टाको सोमबार परीक्षण गरेकोसमेत क्लबले बताएको छ ।
जसका कारण हालान्डले आइतवार पेनाल्टी र दुई ठूला अवसर गुमाएका थिए । तर उनले निको ओरेलीको क्रसमा गोल गर्दै खेल बराबरीमा पुर्याउन भने सफल भएका थिए ।
म्यानेजर गार्डिओलाले अभियानभर प्रमुख खेलाडीको चोटको सामना गर्नु परेको छ। उनको टोली प्रिमियर लिगमा पाँचौं स्थानमा छ भने च्याम्पियन्स लिगमा चेल्सीभन्दा एक अंकले पछि रहेको छ ।
सम्बन्धित समाचार
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

