यस्तो रहेको छ आजको विदेशी मुद्रको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । अमेरिकी डलरको कारोबार भाउ आज तेश्रोदिन पनि स्थिर रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३६ रूपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।
आज यूरोपियन युरो एकको खरिदमूल्य १४७ रूपैयाँ २१ पैसा र बिक्रीमूल्य १४७ रूपैयाँ ८५ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ५७ पैसाले घटेको छ । यसअघि मंगलबार एक युरोको खरिदमूल्य १४७ रूपैयाँ ६३ पैसा र बिक्रीमूल्य १४८ रूपैयाँ २८ पैसा तोकीएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १७६ रूपैयाँ १० पैसा र बिक्रीदर १७६ रूपैयाँ ६८ कायम गरिएको छ । यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८५ रूपैयाँ २४ पैसा र बिक्रीदर ८५ रूपैयाँ ६१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९४ रूपैयाँ ७७ पैसा र बिक्रीमा ९५ रूपैयाँ १८ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ १४ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ १८ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७७ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८५ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ २६ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३० पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आज कतारी रियाल एकको खरिदमूल्य ३७ रूपैयाँ ४४ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ६० पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ३८ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ १५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३२ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बुधबार ३० रूपैयाँ ७५ पैसा र बिक्रीदर ३० रूपैयाँ ८९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४४२ रूपैयाँ ५६ पैसा र बिक्रीदर ४४४ रूपैयाँ ५१ पैसा र बहराइन दिनार एकको खरिददर ३६१ रूपैयाँ ९९ पैसा र बिक्रीदर ३६३ रूपैयाँ ५८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।
सम्बन्धित समाचार
पश्चिम नेपालमा वर्षाको सम्भावना, आज मध्यमदेखि भारी वर्षा हुनसक्ने
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु

