प्रिमियम एक्स्पेङ जी ६ अब १४.९९ लाखमा : न्यूनतम डाउन पेमेन्ट साथ अरु थुप्रै अफर
काठमाडौं । अन्तर्राष्ट्रिय ईभी ब्रान्ड एक्स्पेङले आफ्ना ग्राहकहरुका लागि विशेष अफर लिएर आएको छ । ग्राहकहरूले अब १४.९९ लाख रुपैयाँ डाउन पेमेन्ट मै भविष्यलाई लक्षित गर्दै डिजाइन गरिएको एक्स्पेङ जी ६ घर लैजान सक्नेछन् । ६.५५% ब्याजदर ४८ घण्टाभित्र ऋण प्रक्रिया सम्पन्न हुने र ७ वर्षसम्मको ऋण अवधिको सुविधाले एक्स्पेङ खरिद गर्न सहज बनाएको बताइएको छ ।
यस अफरमा आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एसेसरीहरू, ७ किलोवाट चार्जर, १ वर्षको रोड ट्याक्स कभरेज र निःशुल्क बीमा समेत समावेश छ, जसले एक्सपेङ जी सिक्सलाई विद्युतीय गाडीको उत्तम विकल्प बनाउने कम्पनीको दाबी छ ।
पाँचतारे सुरक्षा रेटिङ प्राप्त एक्स्पेङ जी ६ स्वचालित ड्राइभिङ प्रविधि, १९० किलोवाट मोटर, ४४० एनएम टर्क र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताले गर्द विश्वभर धेरैले मन पराएको गाडी बनेको कम्पनीले जनाएको छ ।
ग्राहकहरुले सजिलै अब एक्स्पेङको अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र दिगो यात्राको सजिलै अनुभव गर्न सक्नेछन् । यस अफरका साथ एक्स्पेङ नेपालले गुणस्तरीय सवारीसाधन र सेवाहरू उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइएको छ।
थप जानकारीका लागि ९७०७०९४१८५ मा सम्पर्क गर्न आवहान गरिएको छ ।
सम्बन्धित समाचार
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
नाइमा अटो एक्स्पोमा सीएफमोटोको आर्कषण, १११ युनिट बुकिङ्
नाइमा मोबिलिटी एक्स्पो २०२६ : पाँच दिन मै १ लाख ५० हजारभन्दा बढीले गरे अवलोकन
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा बि एस सिक्स बस च्यासिस सार्वजनिक
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


