Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, २
राती अबेरसम्म निंन्द्रा लागेन, उसो भए खानुहोस् यी ४ कुरा

काठमाडौं । स्वस्थ रहनका लागि राती राम्रो र गहिरो निन्द्रा लिनु जरुरी छ । तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही कोही समयमै सुत्न जान्छन् तर धेरै घन्टासम्म ओल्टेकोल्टे र ओच्छयानमा नै यताउता घुमिरहन्छन्।

राती निन्द्रा नपुगेकोले दिनभरी धेरै अल्छीले बित्छ । धेरै पटक राम्ररी सुत्न नसक्दा गम्भीर रोग लाग्ने खतरा हुन्छ । यसले मानसिक र शारीरिक दुवै रूपमा धेरै नराम्रो असर गर्छ।

यस्तो अवस्थामा तपाईलाई पनि राति निन्द्रा लाग्दैन भने हामी तपाईका लागि केही खानेकुरा ल्याएका छौं, जुन तपाईले सुत्नुअघि खान सक्नुहुन्छ । यी फलफूल खाँदा निन्द्रा राम्रो हुन्छ भन्ने चिकित्सकहरूको सल्लाह रहेको छ ।

अश्वगन्धा 
सुत्नुअघि अश्वगन्धा सेवन गर्न सक्नुहुन्छ । यसले दिनभरको तनाव कम गर्छ र निद्रामा पनि सुधार गर्छ। यो पिउनाले शक्ति बढाउनुलगायत अन्य धेरै फाइदाहरू रहेका छन्। यसको सेवनले तनाव कम गर्छ, जसले गर्दा राम्रो निद्रा लाग्छ।

बदाम
राति बदाम खाँदा निद्राको गुणस्तरमा सुधार हुन्छ । यो खाँदा मस्तिष्क पनि तेजिलो हुन्छ । वास्तवमा यसमा म्याग्नेसियम हुन्छ, जसले शरीरलाई निकै आराम दिन्छ, जसले राम्रो निन्द्रा पुर्‍याउँछ। यो खाँदा पाचन क्रिया पनि राम्रो हुन्छ ।

डार्क चकलेट
राती डार्क चकलेट पनि खान सकिन्छ । तर, यसलाई सिमित मात्रामा खानुपर्छ । यसमा म्याग्नेसियम हुन्छ, जसले निद्रा लाग्न मद्दत गर्छ। यसले तनावलाई पनि कम गर्छ, जसले मूडलाई सुधार्छ।

केरा
यदी सुत्नु अघि पाकेको पहिलो केरा खानु भयो भने पनि निन्द्रामा मस्त हुन सकिन्छ । तर, सुत्नु अघि २०–३० मिनेट अघि केरा खानु पर्छ । जसले सेरोटोनिन र मेलाटोनिन जस्ता स्लिपिङ हार्मोन विकास गर्न मधत गर्छ ।

 

naima expoTop Changing Nepal

युट्युब सट्स