Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

विश्व शक्तिशाली महिलाको सूचिमा राष्ट्रपति भण्डारी

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, जेष्ठ, २६
विश्व शक्तिशाली महिलाको सूचिमा राष्ट्रपति भण्डारी

प्रसिद्ध ‘फोर्ब्स’ म्यागजिनले निकालेको विश्वका सय शक्तिशाली महिलाको सुचीमा राष्ट्रपति विद्यादेवि भण्डारी परेकी छन् ।

उनी सुचीको ५२ औं स्थानमा परेकी छन् । पत्रिकाले हरेक वर्ष संसारका सबभन्दा शक्तिशाली महिला, पुरुषको सुची निकाल्ने गरेको छ । पत्रिकाले राष्ट्रपति ‘सेरेमोनियल’ पद भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्बन्ध भएका कारण उनी प्रभावशाली भएको बताएको छ ।

उक्त पत्रिकाले नेपालको संसदमा एक तिहाई महिला हुनुपर्ने भन्ने अभियानमा संलग्न नेतृका रुपमा पनि उनको परिचय गराएको छ ।

सुचीको पहिलो नम्बरमा जर्मन चान्सलर एन्जेला मार्केल छन् भने दोस्रो नम्बरमा अमेरिकी राष्ट्रपति उम्मेदवार हिलारी क्लिन्टन छन् । सुचीमा पर्ने अन्य महिलामा म्यानमारकी नेतृ आङ साङ सुकी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद लगायत छन् ।

naima expoTop Changing Nepal

युट्युब सट्स