भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’ आजदेखि सुरु, अफर नै अफरको अवसर
काठमाडौं । नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्स्चेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा भव्य समारोहका साथ बिहीबार फेस्टको शुरुवात गरिएको छ ।
सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे । कार्यक्रममा यामाहा डिलर प्रतिनिधिहरु, कर्मचारीहरु, सञ्चारकर्मीहरु र ग्राहकहरूको उपस्थिति थियो ।
चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।
अविश्वसनीय एक्सचेन्ज अफरहरू:
● कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्नुहोस्,
● कुनै पनि यामाहा बाइक वा स्कुटरमा रु. ५०,००० को मिनिमम भ्यालुएसन,
● अन्य कुनै पनि ब्रान्डमा रू. २५,००० न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य),
● एक्सचेन्जमा अतिरिक्त रु. १०,००० मूल्याङ्कन बोनस,
● कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९% को फाइनान्सिंग,
● यामाहा थ्रिल अफ थ्री योजनाको साथ रु. १,००,००० सम्म नगद छुट:
➢ थ्रिल अफ थ्री विज्ञापन सेयर गरी रु. १,००० जित्नुहोस्,
➢ विज्ञापनको स्क्रिनसट देखाई रु. ५०,००० सम्म नगद छुट जित्नुहोस्,
➢ यामाहा खरिद गर्नुहोस् गरी रु. १,००,००० सम्म नगद छुट जित्नुहोस् ।
बाइक बाहेकका आकर्षणहरू:
• डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउनुहोस्।
• कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्नुहोस् र रोमाञ्चक उपहारहरू घर लैजानुहोस्।
• गेमिङ जोन – एक्शन-प्याक फन र प्रतियोगिताहरूमा डुब्नुहोस्।
• फेस पेन्टिंग
• महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सहरूको आनन्द लिनुहोस्।
• फ्री एक्सेसरिज
• यस बाहेक पनि अन्य धेरै कुराहरू
प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेलहरु प्रस्तुत गरिएका छन् । नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेडेडआर १२५ एफआइ हाइब्रिड (एआरएआई) प्रमाणित ७१.३३ किमि/लिटर) प्रमुख आकर्षण रहने बताइएको छ । आर१५ भि४, एमटि–१५ भि२, एरोक्स १५५, एफजेड भी३ सेरिज, र डब्लुआर १५५ आर जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन् । यी मोडलहरुले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ–रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पुरा गर्ने कम्पनीको दाबि रहेको छ ।
यस ‘यामाहा ब्लु फेस्ट’ ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको बताइएको छ। यदि तपाईं आफ्नो सवारी अपग्रेड गर्न खोज्दै हुनुहुन्छ वा रमाइलो महोत्सवको हिस्सा बन्न चाहनुहुन्छ भने, यो हप्ता भृकुटीमण्डप तपाईंको लागि उपयुक्त गन्तव्य भएको बताइएको छ ।
एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई-पाङ्ग्रे ब्रान्डहरू मध्ये एक हो, जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित रहेको जनाइएको छ। यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको बताइएको छ।

सम्बन्धित समाचार
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
सिप्रदी ट्रेडिङद्वारा टाटा BS6 बस च्यासिस सार्वजनिक
नाइमा एक्स्पोमा कृषि विकास बैंकको अफर, ब्याज र सेवा शुल्कमा ३३.३३ प्रतिशतसम्म छुट
नाइमा एक्स्पोमा अवलोकनकर्ताको उल्लेख्य सहभागिता, दुई दिनमै ५५ हजारले गरे भ्रमण
नेपालमा मोन्ट्रा इलेक्ट्रिकको नेक्स्ट–जेनेरेसन इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक
नाइमा एक्स्पोमा मोर्बिडेली टी २५० एक्स सार्वजनिक, मूल्य ६ लाख २० हजार
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


