एससीसी यु–१९ कप एसिया छनौंट, नेपालको लगातार दोस्रो जीत
जानकारी केन्द्र
२०८२, बैशाख, १
काठमाडौं । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी माथिल्लो क्रिकेट मैदान नेपालले ओमानलाइ ९ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको हो ।
ओमानले प्रस्तुत गरेको ११८ रनको लक्ष्य नेपालले १४.३ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्न नेपाल सफल भएको हो ।
नेपालका लागि निरजकुमार यादवले ४६, साहिल पटेलले ४३ र कप्तान नरेन भट्टले अविजित १२ र सन्तोष यादवले अविजित १० रन बनाएका थिए । पहिलो विकेटका लागि निरज र शाहिलले ८५ रनको साझेदारी गरेका थिए । ओमानका लागि दुवै विकेट सौम्यभविन सम्पतले लिएका हुन् ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ओमानले ३८ ओभरमा सबै विकेट गुमाउँदै ११७ रनको योगफल तयार पारेको थियो । अब नेपालले बुधबार हङकङको सामना गर्नेछ ।
सम्बन्धित समाचार
प्रोटोनका दुई इलेक्ट्रिक गाडीले नाइमा नेपाल मोबिलिटी एक्स्पोमा मच्चाए तहल्का, ग्राहकको आकर्षणसँगै बढ्दै लोकप्रियता
सवारीसाधनमा एआईको बढ्दो प्रयोग,प्रविधिको दौडमा नेपाल कहाँ छ ?
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी ४७ जनाको मृत्यु
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
२०८३ साउन २८ गते बिहिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एनएमबि बैंकद्वारा नयाँ विद्युतीय सवारी साधनमा आधार दर ०.५ प्रतिशतमा “इभी अटो कर्जा” सुरु


