Jankari Kendra
३१ श्रावण २०८३, आईतवार
Worldlink

नाइमा को औपचारिक घोषणा, साउनमा नेपाल मोबिलिटी एक्स्पो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०८२, बैशाख, ४
नाइमा को औपचारिक घोषणा, साउनमा नेपाल मोबिलिटी एक्स्पो

काठमाडौं । नेपालका अटोमोबाइल व्यवसायीको नयाँ संगठन अटोमोबाइल आयातकर्ता तथा उत्पादक संघ नाइमाको औपचारिक घोषणा गरिएको छ। बुधवार राजधानीको एक होटलमा संपन्न अटोमोबाइल व्यवसायीको नयाँ संगठनको औपचारिक घोषणा कार्यक्रमका साथै साउन २१ देखि २५ गतेसम्म सम्म काठमाडौंको भृकुटीमण्डपमा नेपालमा सबैभन्दा ठूलो मोबिलीटी प्रदर्शनीको औपचारिक घोषणा पनि गरेको थियो । उक्त मोबिलीटी प्रदर्शनीको व्यवस्थापन मिडिया सोलुसन्सले गर्ने बताइएको छ ।

उक्त कार्यक्रममा एशोसिएसनकी अध्यक्ष रितु सिंह वैद्यले नेपालको मोविलिटी क्षेत्रको विकास, सामूहिक आवाजको प्रतिनिधित्व, रणनीतिक सहकार्य, गर्न एकीकृत प्लेटफर्मको रूपमा नाइमाले काम गर्ने बताएकी छन ।

उनले नाइमा नेपालको पहिलो गैर-राजनीतिक रूपमा गठबन्धन गरिएको संस्था हो भन्ने कुरामा जोड दिइन्, जुन स्वैच्छिक नेतृत्व र सर्वसम्मत सहभागिताको सिद्धान्तमा स्थापित छ, जसले कहिल्यै चुनाव नगर्ने बरु सहमतिमा आधारित निर्णय प्रक्रियालाई प्रवर्द्धन गर्ने प्रतिज्ञा गरेको बताइन । कार्यक्रमको क्रममा, वैद्यले नाइमाका संस्थापक बोर्ड सदस्यहरू, सुहृदराज घिमिरे, शेखर गोल्छा, क्याबिनेट श्रेष्ठ, सौरभ ज्योति, सन्दीप कुमार शारदा, निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, निकुञ्ज अग्रवाल, हेमन्त गोल्छा र उदयन काबरालाई पनि परिचय गराइन ।

अटो शो समितिका सदस्य गौरव शारदाले एक्स्पोको लोगो र कार्यक्रम मिति घोषणा गरेका गरेका थिए भने संस्थापक बोर्ड सदस्य सुहृद राज घिमिरेले उक्त कार्यक्रमको समापनको सन्दर्भमा आफनो भनाइ राख्दै इमानदारी, दूरदर्शिता र सहयोगी भावनाका साथ संस्थालाई अगाडि बढाउने आफ्नो साझा प्रतिबद्धता रहेको बताएका थिए ।

naima expoTop Changing Nepal

युट्युब सट्स